‘फलफूल रोपे हरियाली पनि हुन्छ, फल खान पनि पाइन्छ’ : प्रधानमन्त्री [तस्बिरहरु]

SHARE:

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले एक नेपाली एक फलफूलको बिरुवा अभियान सुरु गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा मंगलबार सिंहदरबारमा लिची र एभोकाडोको बिरुवा रोपेर प्रधानमन्त्री ओलीले उक्त अभियान सुरुआत गरेका हुन् । अभियान सुरुआत गर्दै उनले आज देशैभरी १ लाखभन्दा बढी फलफूलका बिरुवा रोपिने जानकारी दिए ।

 

‘सबैले फलफूलका बिरुवा रोप्ने अभियान चलाउनु पर्दछ’ प्रधानमन्त्री ओलीले भने, ‘फलफूल रोपे हरियाली पनि हुन्छ । फल खान पनि पाइन्छ ।’ फलफूलको बगैंचाले इकोसिस्टम समेत सन्तुलित बनाउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

नेपाललाई फलफूलको सुन्दर बगैंचा बनाउनु पर्ने प्रधानमन्त्री ओलीले बताए । ‘समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न फलफूल रोपण अभियानले पनि ठूलो सहयोग गर्नेछ’ उनले भने ।

सिंहदरबार परिसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेललगायत मन्त्री र सचिवहरुले समेत विभिन्न जातका फलफूलका बिरुवा रोपेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!