नेपालमा २४ घण्टामा थप एक हजार ९४५ मा कोरोना सङ्क्रमण, २२ जनाको मृत्यु

SHARE:

काठमाडौं मंसिर ५ । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ९४५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा पछिल्लो समय १० हजार ३४० जनाको स्वास्थ्य परीक्षण गर्दा ७४० महिला र एक हजार २०५ पुरुष गरी उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख १६ हजार ९६५ पुगेको छ ।

पछिल्लो समय थप पाँच हजार ३६४ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या पनि एक लाख ९९ हजार दुई पुगेको छ । निको हुने दर ८८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर २४ हजार ६६५ सक्रिय सङ्क्रमित छन् । यो कूल सङ्क्रमितको ११.४ प्रतिशत हो । देशभर ७५३ जना क्वारेन्टिनमा र १९ हजार १४ होम आइसोलेशनमा छन् । सङ्क्रमितमध्ये ४०३ जनाको सघन उपचार कक्ष र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप २२ को मृत्यु
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार २९८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २२ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!