नेपालमा २४ घण्टामा थप १ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि

SHARE:

काठमाडौं मंसिर १२ । नेपालमा पछिल्लो २४ घण्टामा बुधबार थप १ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार उक्त जानकारी दिएको हो । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख १० हजार ४६० परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १० हजार ४६० पीसीआर परीक्षण भएका छन् । देशभरी सकृय संक्रमितको संख्या हालसम्म १७ हजार २३७ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ६०१ जना रहेका छन् ।

२४ घण्टामा १ हजार २३६ कोरोनामुक्त, २३ को मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २३६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख ९ हजार ४३५ पुगेको छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!