नेपाली वेलफेयर सोसाइटी यूकेले मनायो पहिलो वार्षिकोत्सव

SHARE:

लन्डन । नेपाली वेलफेयर सोसाइटी यूकेले पहिलो वार्षिकोत्सव मनाएको छ । नेपाली वेलफेयर सोसाइटी यूके अर्थात् (न्युज यूकेले) एक भव्य कार्यक्रम आयोजना गरी वार्षिकोत्सब मनाएको हो ।

सामाजिक सेवा गर्ने विशुद्ध परोपकारी लक्ष्यसहित स्थापना भएको न्यूज यूकेले आफ्नो स्थापना भएको एक वर्षको खुशीयाली भर्चुअल रुपमै मनाएको हो । अनलाइन जुममार्फत गरिएको वार्षिकोत्सव कार्यक्रममा सोसाइटीका अध्यक्ष धनबहादुर सार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसैगरी विशेष अतिथि एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, एनआरएनए आइसीसी महासचिव डा हेमराज शर्मा, एनआरएनए डिआरसी कृष्ण तिमेल्सेना, आईसिसी सदस्य रामशरण सिम्खडा, योगकुमार फगामी, ललित नौपाने, एनआरएनए यूके उपाध्यक्ष रोजिना प्रधान राई, नेपाल सरकार संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयका कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, नर्थ टाउनका लेबर काउन्सिलरद्वय गेनर अस्टिन, किथ डिबल, हनवर्थ पार्कका लेबर काउन्सिलर विष्णु गुरुङ लगायतको उपस्थिति थियो ।

यसैगरी कार्यक्रममा पूर्व अन्चलाधिस उत्तर टमाटा, वरिस्ठ पत्रकार भगिरथ योगी, लन्डन नेपाल न्यूजका प्रधान सम्पादक शिव भण्डारी, रेडियो हिमालयका सम्पादक पत्रकार बुद्धि विश्‍वकर्मा लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी जस्टिस अलायन्सका अध्यक्ष धरम विश्वकर्मा, नोप्स यूरोपका माहासचिव तेजबहादुर नेपाली तथा प्रकाश गजमेर, नेपाल आदिवासी जनजाती महासंघ यूकेका अध्यक्ष जंग सुनुवार, मगर संघ यूकेका अध्यक्ष सुनिल राना, हङकङ नेपाल मन्चका अध्यक्ष हरि गुरुङ, चितवन ट्रष्ट यूकेका अध्यक्ष जीवन सेन, गोर्खाली समाज यूकेका अध्यक्ष कर्ण दर्लामी मगर, सयपत्री नेपाली कल्चरल ग्रुपका अध्यक्ष डम्बर सिङ, शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरका अध्यक्ष भिम बानियाँ, रोयलबरो अफ ग्रिनवीच नेपाली सोसाइटीका अधयक्ष शर्मिला हिराचन थकाली, विश्वकर्मा भोटेवदारका संस्थापक राजकुमार सुनार, सयपत्री नेपाली सेवा समाज यूकेका अध्यक्ष दिलीप मोहरा सहभागी थिए ।

त्यस्तै विश्वकर्मा वेयलफेयर सोसाइटीका अध्यक्ष कुमार सुनार चन्द्र, संगम नेपाली समाज यूकेका अध्यक्ष बुद्धिमान दर्नाल, गोर्खा नेप्लीज कम्युनिटी लन्डन बरो अफ होनस्लोका अध्यक्ष डोल मल्ल, नेपाली युथ एसोसिएसनका अध्यक्ष लक्ष्मण गुरुङ, क्रोडन नेप्लीज कम्युनिटीका अध्यक्ष डा. सुरजमणी पौडेल, संस्थापक अध्यक्ष ध्रुवहरि बाँस्कोटा, रोयल बरो अफ ग्रिनवीच नेपाली सोसाइटी यूके भाषा तथा संस्कृति विभागका संरक्षक पूर्वअध्यक्ष हरिगोविन्द गुरुङ, रोजीहीरा फाउन्डेशन यूकेका संस्थापक हिराधन राई, शिव कल्चर एन्ड कम्युनिटीका पूर्वअध्यक्ष रोहित गुरुङ, विश्वकर्मा वेयलफेयर यूकेका पूर्वअध्यक्ष थमबहादुर विश्वकर्मा, टिडवर्थ नेपाली समाजका पूर्वअध्यक्ष ढकाल लोहनी, विश्वकर्मा वेयलफेयर सोसाइटी यूकेका पूर्वअध्यक्ष क्याप्टेन गोपाल विक, सयपत्री नेपाली समाज यूकेका उपाध्यक्ष धनबहादुर परियार लगायतको उपस्थिति रहेको थियो

यसैगरी कार्यक्रममा नेपाली वेयलफेयर सोसाइटी यूकेका उपाध्यक्ष पूर्णबहादुर नेपाली, सोसाइटीका सचिव शमसेर नेपाली, सहकोषाध्यक्ष किरण नेपाली, सदस्य धमेन्द्र बौडेल, आशादेवी रोका, दिल रुचाल, वरिष्ठ सल्लाहकार गोपाल रोका, सल्लाहकारहरु उदि नेपली, दिलबहादुर सार्की तथा संस्थाका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

पहिलो वार्षिकोत्सवको अवसरमा नेपालबाट वरिस्ठ संगीतकार बीबी अनुरागीको संयोजनमा चर्चित गायक- गायिका सुमधुर स्वरका धनी कमलकुमार बिश्वकर्मा, ताराकान्त हरि, रेशम निर्दोस, प्रतिमा बिश्वकर्मा, सुकुराम रसाइली शितल गुरुङ र किरण मगर लगायतको सांगीतिक टोलीले ‘शुभकामना नेपाली दाजुभाइ-नेपाली वेलफेयर सोसाईटी यूकेलाई’ भन्ने शुभकामना गित प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजदूत डा. सुवेदीले नेपाली समाजमा नेपाली वेयरफेयर सोसाइटीले निकै राम्रो काम गरिरहेको भन्दै आगामी दिनमा सहयोगको सञ्जाल अझै विस्तार गर्न सुझाव दिए । ‘गाँस, बास र कपासको समस्यामा परेका धेरै नेपालीको पेट भर्ने र चुलो बाल्ने काम यसले गरेको छ, यस संस्थाको महान् कार्यमा संलग्न हुन पाउँदा मैले पनि गर्व महसुस गरेको छु,’ उनले भने ।

कार्यक्रममा बोल्दै अध्यक्ष तथा बाँचौँ र बचाऔँ अभियानका संयोजक धनबहादुर सार्कीले गाँस, बास र कपासको समस्याग्रस्त नेपालीहरुको घरमा केही पेट भर्न, न्यानो दिन उद्देश्यसहित यस संस्थाको परिकल्पना गरेको बताए । अभियानले स्वदेशका दर्जनौं जिल्लामा हजारौं नागरिकलाई राहत बाड्न सफल भएका भन्दै उनले भने, “यो मेरो र हाम्रो संस्थाको पहलले मात्र भएको होइन, तपाईं हामी सबैको समन्वयले सम्भव भएको हो, हामी गाउँगाउँमा पुगी यसरी राहत वितरण गर्दा ती भोका, पीडामा रहेका नेपालीहरुले दिएको आशीर्वाद सधैं शीरमै लागिरहने मैले अपेक्षा गरेको छु।’

त्यसैगरी एनआरएनए यूकेका अध्यक्ष पुनम गुरुङले न्यूज यूकेले नेपाली समुदायको हकहितमा गरेको काम प्रशसंनीय भएको प्रतिक्रिया दिइन् । यस कार्यमा एनआरएनएले पनि भरमग्दुर सहकार्य गर्न पाएको भन्दै संस्थाको काममा एनआरएनएलाई पनि जोडेकोमा धन्यवाद दिइन् ।

कोरोना महामारीको कारण भव्य रुपमा प्रत्यक्ष रुपमा कार्यक्रम गर्न नसकिएको भए पनि भर्चुअल्ली गरिएको कार्यक्रम लन्डन नेपाल न्युज मार्फत प्रशारण गरिएको कार्यक्रम भव्य देखिन्थ्यो ।

कार्यक्रममा सकारात्मक सोचका अभियन्ता एवं अध्यक्ष सार्कीले प्रमुख अतिथि तथा राजदूत डा.सुवेदीलाई सस्थाको तर्फबाट मायाको चिनोसहित कदर पत्रले सम्मान गर्दै संस्थाले चालेका हरेक अभियानमा उनले दिएको सकारात्मक सुझाव र पहलकदमी हामी कहिल्यै बिर्सन भएको नसक्ने बताएका थिए । सो अवसरमा संस्थाको राहत वितरण कार्यमा देशका विभिनन ठाउँमा रहेर साथ दिने स्याङ्जा पुतलीबजार नगरपालिका घर भएकी रञ्जना सुन्दास, धादिङ ज्वालामुखी नगरपालिका निवासी ज्ञानेन्द्र खकुराल, चितवन घैलाघारीका रबिलाल विश्वकर्मा, उदयपुर त्रियुगाका जनक घिमिरे विश्वकर्मा, नेपालगञ्जका अमन गुप्ता, सप्तरीका भोलाकुमार पासवान, कैलालीका मिन चोखाल मुख्यसाप, दाङ घोराहीका सौरव केसी, जाजरकोटका पार्वती विश्वकर्मा, रुकुमका दिपेन्द्र विश्वकर्मा, खोटाङका एसबी सेन्चुरी, लमजुङका टिका बस्याल, मोरङका प्रमिला लकन्द्री, म्याग्दीका सिर्जना विश्वकर्मा र पुष्कर विश्वकर्मा, तनहुँका रमेश नेपाली, सिन्धुपाल्चोकका राजु घताने, चितवनका रमेश तामाङ, गोर्खाका बाबुराम दनकुटी र बागलुङका अनिल नेपाली र टिका कुमारी विश्वकर्मालाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

नेपाल सरकार संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयका कार्यकारी निर्देशक डा. बुद्धि नेपालीको स्वागत रहेको कार्यक्रमको सञ्चालन एनआरएनए यूकेका सचिवसमेत रहेका ग्रिनवीच नेपाली समुदायका उपाध्यक्ष तथा कुशल कार्यक्रम सञ्चालक जित रानाभाटले गरेका थिए । अध्यक्ष सार्कीले न्यूज यूकेको प्रगती विवरण प्रस्तुत गरेका थिए ।

सो अवसरमा सोसाइटीले गरेका हरेक कामहरु सफल गराउन अहम् भूमिका निभाएको भन्दै कार्यक्रम सञ्चालक जित रानाभाट लन्डन नेपाल न्यूजका प्रधान सम्पादक शिव भण्डारी, नेपाल सरकार संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयका कार्यकारी निर्देशक डा. बुद्धि नेपालीलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।

त्यस्तै रोयल बरो अफ ग्रिनवीच नेप्लीज सोसाइटी यूकेका अध्यक्ष शर्मिला हिराचन थकाली, रोयल बरो अफ ग्रिनवीच नेप्लीज सोसाइटी यूकेका भाषा तथा संस्कृति विभागका संरक्षक तथा पूर्वअध्यक्ष हरिगोविन्द गुरुङ, सयपत्री नेपाली सेवा समाजका अध्यक्ष दिलीप मोहरा, रोजिहीरा फाउन्डेशनका अध्यक्ष रोजीना प्रधान राई, नेपाली युथ एसोसिएसन यूकेका अध्यक्ष लक्ष्मण गुरुङ, विश्वकर्मा वेयलफेयर सोसाइटी यूकेका अध्यक्ष कुमार सुनार चन्द्र, चितवन एड ट्रष्टका अध्यक्ष जीवन सेन, हाम्रो नेपाली समाज वेस्ट मिडल्याण्डका अध्यक्ष गोमा पौडेल, गोर्खाली समाजका अध्यक्ष कर्ण दर्लामी मगरलाई पनि विशेष कदर पत्रसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका ब्यक्तिहरुले संस्थाले गरिरहेको कामको प्रशंसा गर्दै आगामी दिनको नयाँ संस्थागत यात्राको शुभकामना समेत दिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!