ललिता निवासको जग्गा हिनामिना : अख्तियारका पूर्व प्रमुख दीप बस्न्यात थुनामा

SHARE:

काठमाडौं मंसिर २८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेतलाई विशेष अदालत काठमाडौंले थुनामा पठाउने आदेश दिएको छ ।

आइतबार विशेष अदालत काठमाडौंमा भएको थुनछेक बहस पछि बस्नेतलाई थुनामा पठाउन आदेश दिएको हो । मुद्दा दर्ता भएको १० महिनापछि बस्नेत बयानका लागि आफै अदालतमा उपस्थित भएका थिए । बस्नेतले आफ्नो तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र रमनकुमार श्रेष्ठ लागयतका कानून व्यवासयीहरुलाई लगाएका थिए । विशेष अदालतका प्रवक्ता तथा उपरजिष्ट्रार पुष्पराज पाण्डेले न्यायाधीशत्रय प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्नेतलाई थुनामा पठाउने आदेश दिएको बताए । तत्काल प्राप्त प्रमाणबाट बस्नेत आरोपित पुष्टि हुने देखिएकोले थुनामा पठाउने आदेश भएको प्रवक्ता पाण्डेले बताए ।

तत्कालीन समयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेको बेला ललिता निवासको जग्गा हिनामिना गर्न सहयोग गरेको भन्दै अख्तियारले पूर्वप्रमुख आयुक्त बस्नेतलाई विशेष अदालत काठमाडौंमा गत वर्ष माघ २२ गते मुद्दा दायर गरेको थियो । अख्तियारले उनी सहित १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेको छ । जसमध्ये १ सय १० जनालाई भ्रष्ट्राचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाई मुद्दा दायर भएको थियो ।

बस्नेत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ विगो दाबी समेत गरेको छ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियारले मुद्दा दायर गरेको मध्ये भूतपर्व उपप्रधानमन्त्री र तीन पूर्वमन्त्री समेत रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!