बेलायतका नेपाली किशोर किशोरीबीच वक्तृत्व प्रतियोगिता हुँदै

SHARE:

लन्डन पुस १२ । बेलायतका नेपाली किशोर किशोरीबीच एक वक्तृत्व कला प्रतियोगिता आयोजना गर्न लागिएको छ । सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स यूकेले आउँदो बिहीबार, ३१ डिसेम्बरका दिन “कोभिड १९ को प्रभाव, यसका चुनौती र अवसरहरु” विषयक प्रतियोगिता गर्न लागेको हो । बेलायतमा रहेका १३ देखि १९ वर्षसम्मका नेपाली किशोर किशोरीले प्रतियोगितामा भाग लिन पाउनेछन् ।

एनआरएनए यूकेसँगको सहकार्यमा प्रतियोगितामा भाग लिन नाम दर्ता गराउने मिति सोमबार, २८ डिसेम्बरसम्म बढाइएको छ। त्यस्तै अभिभावकको स्वीकृति हुनुपर्ने नियम छ । तीन मिनेट समय छुट्याइएको सो प्रतियोगिता अंग्रेजी वा नेपाली दुवै भाषामा गर्न सकिनेछ । प्रतियोगितामा पहिलो हुनेलाई २००, दोश्रोलाई १५० र तेश्रो हुनेलाई एकसय पाउण्ड नगद र सर्टिफिकेट प्रदान गरिने संस्थाले जनाएको छ ।

“बेलायतमा हुर्की रहेका हाम्रा किशोर, किशोरीहरुको व्यक्तित्व विकास, एक आपसमा चिनजान तथा कोभिड १९ जस्तो अहिलेको जल्दोबल्दो विषयलाई उनीहरुले कसरी हेरिरहेका छन् भन्ने थाहा पाउने उद्देश्यले हामीले यो प्रतियोगिता आयोजना गर्न लागेका हौं,“सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेका अध्यक्ष माधव पराजुलीले भने ।

उनले आफ्ना नानीहरुलाई उक्त प्रतियोगितामा भाग लिन प्रोत्साहित गर्न बेलायतस्थित सबै नेपाली अभिभावकलाई आग्रह पनि गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!