
लन्डन पुस १४ । गोरखा जिल्ला गुरुङ समाज यूकेले आइतबार २७ डिसेम्बर २०२० का दिन भर्चुअल प्रविधिमार्फत ल्होछार/लोसार कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम प्रमुख अतिथि तमु ह्युल छोंज धीं राष्ट्रिय गुरुङ परिषद् नेपालका अध्यक्ष रेशम गुरुङ र गोरखा जिल्ला गुरुङ समाज यूकेका अध्यक्ष फडकजीत गुरुङ शुभारम्भ गरेका थिए । समाजका महासचिव मान गुरुङले संचालन गरेको कार्यक्रममा नेपालबाट अतिथि लामा लोपेन सोनाम गुरुङ, अतिथि कलाकारहरुमा गणेश गुरुङ र सुनिला गुरुङ थिए ।
उपाध्यक्ष नैना गुरुङले स्वागत मन्तव्य र समाजको च्यारिटीको विषयमा छोटो भनाइ राखेकी थिइन् । तत्पश्चात् लामा लोपेन सोनाम गुरुङले ल्होछार/लोसारको बारेमा छोटो मन्तब्य र प्रवचन सुनाएका थिए । साथै पुस १५ बाट नयाँ वर्ष सुरु भएपछि छ वटा ल्हो हरुमा ग्रहदशा नराम्रो रहेको बताउँदै उनले ग्रहशान्ति पाठ पढेका थिए । त्यसक्रममा सांस्कृतिक सल्लाहकार वीरबहादुर गुरुङबाट छोटो मन्तव्य र ल्होसारको शुभकामना व्यक्त गरिएको थियो ।
संस्थापक अध्यक्ष थमप्रसाद गुरूङबाट शुभकामनासहित दरौदी थेम्स पत्रिका प्रकाशनमा लेख रचनाहरु पठाइदिनका लागि अनुरोध गरिएको थियो ।
यसै अवसरमा उनले तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद् नेपालका अध्यक्ष रेशम गुरुङबाट पनि पाँचौं अङ्क प्रकाशन हुन लागिरहेको दरौदी थेम्स पत्रिकाको लागि शुभकामना सन्देश अपेक्षा गरिएको अवगत गराएका थिए । साथै संभव भएमा ल्होछार/लोसारको बारेमा पनि लेखमार्फत प्रस्ट पारिदिन हुनको लागि अनुरोध गरेका थिए ।
नेपालबाट जोडिएका अतिथि कलाकार गणेश गुरुङबाट ल्होसारको शुभकामना सन्देशपछि लोकप्रिय ल्होसार गीत “खैमु ल्होसार” बोलको गीत सिर्जना बारेमा प्रस्ट पारेका थिए । गीतलाई प्रत्यक्ष लाइभमा गाएर सुनाइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रेशम गुरूङले नेपालको राजनीतिक परिस्थिति र गुरुङहरुको सार्वजनिक बिदा कटौती भएको बारेमा उल्लेख गरेका थिए ।
कटौती गरिएको सार्वजनिक बिदाहरु पूर्ण रूपमा लागू गर्नको लागि सरकारसँग जोडदार माग रहेको कुरा उल्लेख गरे । साथै तमुहररुको अन्तराष्ट्रिय सम्मेलन भारतमा हुन गइरहेको जानकारी पनि गराएका थिए ।
अध्यक्ष फड्कजित गुरुङबाट कार्यक्रममा उपस्थित सम्पूर्णलाई धन्यवाद तथा ल्होछार/ल्होसारको आशिमलाँ ब्यक्त भएको थियो । अतिथि कलाकार सुनीला गुरुङले लोसारको शुभकामना र केही समय लाइभ गीत गाएकी थिइन् ।
समाजका कोषाध्यक्ष दिनेश गुरूङले सुरिलो बाँसुरीको धुन बजाएर कार्यक्रमलाई मनोरन्जन प्रदान गरेका थिए । उनले सांस्कृतिक कार्यक्रम अगाडि बढाउने क्रममा गणेश गुरूङको खैचडीको तल र गीतसँगै सल्लाहकार बीरबहादुर गुरुङ र उनका धर्मपत्नीबाट लाईभमा कौरा नृत्य प्रस्तुति गरेर मनोरन्जन प्रदान गरिएको थियो । विभिन्न track गीतहरुमा उपाध्यक्ष मीन गुरुङ र सहकोषाध्यक्ष रेशम गुरुङ, सानी नानी मेलिना गुरुङ र अमृता गुरुङले नृत्य प्रस्तुत गरेर मनोरन्जन प्रदान गरेका थिए ।
कार्यक्रमको अन्तमा उपाध्यक्ष मीन गुरुङले उपस्थिति सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । अध्यक्ष फडकजित गुरुङले virtual ल्होछार/लोसार कार्यक्रममा प्राविधिक रुपमा खटिने महासचिव मान गुरुङ, मिडिया सचिव सूर्यमान गुरुङ, वेव मास्टर हरि गुरुङ, कोषाध्यक्ष दिनेश गुरुङ र मनिराज गुरुङसहित सबै सहयोगी र सहभागीलाई धन्यवाद दिँदै कार्यक्रम समापनको घोषणा गरेका थिए । धन्यवादका पात्रहरु हुनुहुन्छ ।






