ग्रेटर रशमुर नेपाली कम्युनिटीको भिक्टोरिया डे ९ जुनमा

SHARE:

प्रमिला लाबुंग राई
लन्डन । यो वर्ष पनि ग्रेटर रशमुर नेपाली कम्युनिटीले आगामी ९ जुन शनिबार बेलायतकी महारानी एलिजाबेथ द्वितीयको जन्मदिन (भिक्टोरिया डे) मनाउने भएको छ ।

ग्रेटर रशमुर नेपाली कम्युनिटीको सक्रिय पहलमा स्थानीय काउन्सिल एवं ब्रिटिस समुदायसँग प्रत्यक्ष रुपमा साझेदारी सहित सहकार्य गरी सबैजसो नेपाली सम्बद्ध संघ–संस्थाको सहभागितामा भिक्टोरिया डे मनाइने अध्यक्ष जीव बेलबासेले बताए । उपाध्यक्ष नेम थापा संयोजक रहेको कार्यक्रममा नौमती बाजाको रौनक, नेपालीहरुको नाँच, विभिन्न धर्म, जाति एवं संस्कार सम्बद्ध संस्कृति झल्कने पहिरनसहित, करिब दुइ सयभन्दा बढी परेडमा र करिब तीन हजारभन्दा बढी बाहिर स्वागतको लागि नेपाली समुदायको तर्फबाट सहभागिता रहने जनाएको छ ।

गत वर्षझैँ यसवर्ष कार्यक्रममा नेपाली समुदायका संघसंस्था आ–आफ्नो संस्कार झल्कने पोशाकसहित मगर संघ यूके, तमुधिँ यूके, मद्दत समूह, बिसीसी यूके, किरात राई यायोक्खा, याक्थुङ्ग चुम्लुङ्ग, साइ सेन्टर फानबरो, क्षेत्री समाज यूके, किरात सुनुवार सेवा समाज यूके, शिव कल्चर एण्ड कम्युनिटी सेन्टर, थकाली समाज यूके, गेसो, नयाँ युवा, तमुधिँ आमा समूह, प्हेल्हु संघ लगायतका संस्थाहरुको सहभागिता रहने बरिष्ठ उपाध्यक्ष रामधन राईले बताए ।
बिहान ११ बजे सुरु भए तापनि कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरुलाई, परेड तयारीको लागि १० बजे नै एचष्लअभकक ज्बिि ऋबच एबचप मा उपस्थित भई दिन परेड संयोजक बिर बलालले अनुरोध गरेको छ । कार्यक्रमलाई सफल तुल्याउन नेपाली समुदायलाई ग्रेटर रशमुर नेपाली कम्युनिटीले अनुरोध गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!