ओझाको नेतृत्वमा नेप्लिज ब्रिटिस कम्युनिटी यूकेमा नयाँ कार्यसमिति

SHARE:

लन्डन पुस २० । नेप्लिज ब्रिटिस कम्युनिटी यूकेमा नयाँ कार्यसमिति चयन भएको छ ।

जुममार्फत आइतबार भएको दसौं वार्षिक साधारणसभाले राजेन्द्र ओझाको नेतृत्वमा २५ सदस्यीय कार्यसमितिमा चयन गरेको हो । साधारणसभाबाट २५ जना ट्रस्टीहरु पनि निर्विरोध निर्वाचित भएका छन् ।

कार्यसमितिको बैठकले रबिन्द्र अधिकारीलाई सचिव र खेमराज जोशीलाई कोषाध्यक्षमा चुनेको छ । कार्यसमितिमा ओझा (संयोजक) रबिन्द्र अधिकारी (सचिव) खेम राज जोसी (कोषाध्यक्ष) संस्थाका नवनिर्वाचित ट्रस्टीहरु लेखनाथ घिमिरे, समिर नाथ प्याकुरेल, किरण अधिकारी, कुल सिक्देल, प्रभु न्यौपाने, दिपेन्द्र लामिछाने, दामोदर आचार्य, राम सुन्दर साह, संजिव घिमिरे, ऋषि खनाल, सुरज कार्की, चुरामणि रेग्मी, तेज माया रेग्मी, प्रसुन राना, मुना पौडेल, सुमन चन्द्र गुरुङ, भन बहादुर चन्द, भगवती रानाभाट, बसन्त नेपाल, हरि भण्डारी, डा. जगन कार्की, निवर्तमान अध्यक्ष मिलन घिमिरे, पूर्व संयोजकहरु कमल पौडेल, गंगा राना, सदस्य भगवती रानाभाट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका नवनिर्वाचित संयोजक ओझाले नवनिर्वाचित कार्यसमितिको तर्फबाट प्रतिवद्धता मन्तव्य राख्दै सदस्यता बढाउने र च्यारिटी घरबाट नै सुरु गर्ने योजना सुनाए । उनले संस्थाका सदस्यहरु परिवार र साथीभाइलाई प्रत्यक्ष लाभ दिने एक नमुना संस्थाको रुपमा बिकास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!