जापानको टोकियो र आसपासका मुख्य सहरमा पुन: लकडाउन घोषणा

SHARE:

काठमाडौं पुस २४ । नयाँ प्रकृतिको कोरोना भाइरसको संक्रमण बढेपछि जापानमा पुनः लकडाउन घोषणा गरिएको छ ।

जापानका प्रधानमन्त्री योसिहिदा सुगाले राजधानी टोकियो र आसपासका मुख्य सहरमा लकडाउनको घोषणा गरेका हुन् । कोरोनाको महामारी बढ्दै गएकाले होटल तथा रेष्टुराँहरु सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएकाले सावधानी अपनाएर सोही अनुसार सञ्चालन गर्न पनि आग्रह गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

महामारी नियन्त्रणमा नआएसम्म खेलकुदका गतिविधि र सार्वजनिक समारोहहरु आयोजना नगर्न पनि प्रधानमन्त्री सुगाले आग्रह गरेका छन् । टोकियोमा मात्र हाल दैनिक करिब तीन सयको हाराहारीमा कोराना संक्रमित फेला पर्न थालेको त्यहाँको सरकारले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!