२१ दिने निःशुल्क अनलाईन वेलनेस सेसन्स संचालन

SHARE:

पूर्ण गुरुङ


लन्डन पुस २५ । क्यान इन्टरनेसनल, अल्डरसट इम्पावरमेन्ट ग्रुप र स्याङ्जाली समाज यूकेको संयुक्त आयोजनामा २१ दिने अनलाईन वेलनेस सेसन्स संचालन भएको छ ।

कोरोना भाइरसले विश्वभर अस्तव्यस्तता ल्याइरहेको अवस्थामा सो ग्रुपले अनलाईन सेसन्सको आयोजना गरेको हो । मानिसको मन, मस्तिष्क र शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि योग, ध्यान र व्यायामले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सोही कुरालाई हृदयंगमन गर्दै ग्रुपले योग, ध्यान र व्यायाम सहितको सेसन्स संचालन गर्न थालिएको हो । विशेषगरी जेष्ठ नागरिकहरुलाई लक्षित गरी आयोजना गरिएको सेसन्स शनिबार ९ जनवरीदेखि २९ जनवरीसम्म प्रत्येक बिहान १० बजेदेखि ११ बजेसम्म संचालन हुने छ ।

सेसनमा मनोक्रान्ति बेलायतका प्रवर्तक योगी नगेन्द्रराज नेम्बाङ्गले योग, ध्यान, व्यायाम, रेकी संगसंगै बाँच्न कलाबारे अनुभव सुनाउने छन् । त्यस्तै, उक्त सेसन्सका संयोजक एवं ताईची प्रशिक्षक मान गुरुङले ताईची प्रशिक्षण, पश्चिमी हिलिङ्ग, भोजन संगसंगै वेलनेस लगायतको विषय बताउने छन् ।
‘हाम्रो शरीरलाई कस्तो खुराक चाहिन्छ, कस्तो खालको व्यायाम गराउनु पर्छ, हाम्रो शरीरमा पूर्वीय दर्शनमा आधारित योग, ध्यान र व्यायामले के कस्तो भूमिका खेल्छ भन्ने बारेमा हामीले सिकेको कुरा अरुलाई पनि सिकाउने उद्देश्यअनुरुप यो सेसन्सको आयोजना गर्न लागिएको हो’ भन्छन् संयोजक मान गुरुङ ।

कुनै पनि विषय र क्षेत्रबारे २१ दिनसम्म लगातार अभ्यास गरियो सो क्षेत्रमा सफलता पाउन सकिन्छ भन्ने विश्वाससाथ उक्त २१ दिने अनलाइन निःशुल्क सेसन्स संचालन गर्न लागिएको संयोजक गुरुङ, थप्छन् । सेसन्सले शरीरको पाचनक्रिया मजबुत बनाउने, इम्युन सिस्टम बढाउने, स्ट्रेस कम गराउने अर्थात् डर त्रास र भयबाट छुट्कारा दिलाउने संयोजक गुरुङको विश्वास छ । त्यस्तै, संयोजक गुरुङले भने, ‘यो २१ दिने सेसन्सले एकातिर स्वस्थ जीवन कसरी जिउने भन्नेबारे सिकाउँछ भने अर्कोतर्फ सिक्ने क्षमतामा समेत अभिवृद्धि गराउँछ ।’

स्मरण रहोस्, क्यान इन्टरनेश्नलले जेष्ठ नागरिकहरुलाई ध्यानमा राखी विभिन्न परियोजना तथा कार्यक्रमहरु आयोजना गर्दै आएको छ । त्यस्तै, अल्डरसट इम्पावरमेन्ट ग्रुपले विगत दुई वर्षदेखि इम्पावरमेन्ट सम्बन्धी विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेकोमा कोभिड–१९ पछि गत अप्रिल महिनाभर प्रत्येक दिन साँझ अनलाईनमार्फत योग, ध्यान र व्यायाम संचालन गरेका थिए भने अहिले क्यान इन्टरनेश्नल र स्याङ्जाली समाज यूकेसंग मिलेर एनआरएनए यूकेको विशेष सहयोगमा २१ दिने सेसन्सको आयोजना गरेको हो ।

जुम प्रविधिमार्फत संचालन गरिएको वेलनेश सेसन्समा १०० जनाले मात्र भाग लिनसक्ने भएको हुनाले आफ्नो सीट सुरक्षित राख्न संयोजक गुरुङले अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!