संखुवासभामा बोन्पो लामाहरुको संरक्षण गर्न अक्षय कोष स्थापना

SHARE:

संखुवासभा पुस २९ । संखुवासभाको चिचिला गाउँपालिकामा बोन्पो गुरुङ लामाको संरक्षणका लागि ५ लाखको अक्षय कोष स्थापना गरिएको छ ।

गुरुङ समुदायका मौलिक पुरोहित बोन्पो लामाको संस्कृति लोप हुँदै गएकाले संरक्षण लागि विभिन्न व्यक्ति र संस्थाले रु पाँच लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका हुन् । बोन्पो लामाको संरक्षणका लागि पूर्वप्रहरी महानिरीक्षक (आइजिपी) हेमबहादुर गुरुङले कोषका लागि एक लाख रुपैयाँ प्रदान गरेका छन् । चिचिलामा भएको कार्यक्रममा पूर्व आइजिपी गुरुङले आफ्ना मातापिताको नाममा रु एक लाखको चेक तमु प्ये ल्हु संघ संखुवासभाका अध्यक्ष गोवर्द्धन गुरुङलाई हस्तान्तरण गरेका हुन । उनले गुरुङ समुदायले आफ्नो जातीय कर्मकाण्ड गर्ने खेगी (पुरोहित) हरूको संरक्षण गर्न आवश्यक रहेकोसमेत बताए ।

त्यसैगरी युकेबाट रु तीन लाख र हङकङबाट रु एक लाख कोषका लागि प्राप्त भएको छ । त्यसका साथै कार्यक्रममा तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्तिसमेत वितरण गरिएको थियो । तमू प्ये ल्हु संघले सनातन र परापूर्वकालदेखि गुरुङ समुदायले मान्दै आएका धर्म, संस्कार, संस्कृति संरक्षण र जगेर्ना गर्ने काम गर्दै आएको छ । सोहीअनुसार उनीहरुले संखुवासभाको चिचिला गाउँपालिकाअन्तर्गत मत्स्यपोखरी, पोखरीगाउँ, माङमाया र ध्वजेलगायतका स्थानमा रहेका बोन्पो लामाहरूको संरक्षणका लागि विभिन्न काम गर्दै आएको छ ।

चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले सबै जातजातिको जातीय संस्कार, संस्कृतिको संरक्षण गर्न चालिएको कदममा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए । उनले ल्होसार पर्व मनाउन पालिकाले रु दुई लाख ५० हजार विनियोजन गरेको बताउँदै सबै जातजातिको संरक्षण, संवद्र्धन र आवश्यकताअनुसार काम गर्न सदैव सहकार्य गर्ने उनले बताए ।

कार्यक्रमा सङखुवासभामा गुरुङ समुदायका खेगी गुरुहरूलाई सम्मान गरिएको थियो । चिचिला गाउँपालिका–१ पोखरीगाउँमा जिल्ला कार्यसमितिको आयोजनामा लामा गुरुहरूलाई सम्मान गरिएको हो । गएको कात्तिक महिनादेखि पुस दोस्रो सातासम्म करिब तीन महिना गुफा बसेर निस्किएका पाँच नयाँ लामासहित लामो समयदेखि पुरोहित (लामा) पेशालाई नै निरन्तरता दिँदै आएका पाँच पुराना लामागुरु गरी १० जनालाई सम्मान गरिएको राससले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!