मिस तामाङ २०२१ को पहिलो अडिसन सकियो, १८ जना सहभागी

SHARE:

काठमाडौं माघ १२ । मिस तामाङ २०२१ को पहिलो अडिसन सकिएको छ । शनिबार काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा १८ जनाले पहिलो अडिसनमा भाग लिएका थिए ।

एभरेष्ट फेसन होमद्वारा आयोजना गरिने १३ औं संस्करणको मिस तामाङ २०२१ को अडिसन भएको हो । अडिसनमा काठमाडौंकी शिष्मा लामा, काभ्रेकी प्रतिभा तामाङ, सफलता तामाङ, संगीता लामा, सुजाता तामाङ, रिमा लामा, सिता दोङ, दिपाशा लामा दोङ र प्रतिभा लामा रहेका छन् ।

यसैगरी रामेछापकी ज्योती लामा, नुवाकोटकी सुनिता तामाङ, सिन्धुलीकी गंगामाया रुम्बा र पासाङ ब्लोन, दोलखाकी अनिता तामाङ, धादिङकी आनन्दी तामाङ, रसुवाकी सविना गोले, भक्तपुर नगरकोटकी सफिला थिङ, धरानकी बिनिता तामाङले सहभागीता जनाएकी छन् ।

अडिसनबाट छनौट भएकालाई एक महिनाको तालिम दिइने होमकी अध्यक्ष रञ्जिता ब्लोन तामाङले जानकारी दिइन् । उनले भनिन्, ‘तालिम अवधिमा तामाङ भाषा, व्यक्तित्व विकास, तामाङ जातिको इतिहास, श्रृंगार, ऐतिहासिक ठाउँको भ्रमण, फोटोसुट, सामाजिक कार्य अनुभव, आत्मविश्वास, सवाल जवाफ, क्याटवाक जस्ता दक्षता बनाइनेछ ।’‘आफ्नो सुन्दरतासँगै आफू जन्मेको भूमि, कला र संस्कृतिलाई जगेर्ना गर्नु हाम्रो कर्तव्य हो, उनले भनिन् ।’

तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई युवामाझ पुर्याउने उद्देश्यले विगत २००९ देखि यो प्रतियोगिता गर्दै आइरहेको छ ।

२८५७ औं सोनाम ल्होछारको छेको पारेर आयोजना गर्न लागेको प्रतियोगिताको फिनाले होटर्ल याडिसनमा हुनेछ । मिस तामाङ बिजेताले नगद १ लाख रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर पाउनेछ । यस्तै फस्ट रनरअपले ५० हजार रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर र सेकेण्ड रनरअपले नगद ३० हजार रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर पाउनेछ ।

प्रतियोगितामा सहभागी १० जनालाई विभिन्न सबटाइटल पुरस्कार प्रदान गरिनेछ । अडिसनको निर्णायक मण्डलमा सुनिता दोङ, मिस तामाङ २०१७ की फष्ट रनरअप नावाङ मोक्तान र आयोजकका तर्फबाट अध्यक्ष ब्लोन थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!