डा. चन्द्र लक्सम्बाको निधनले गोर्खा आन्दोलनलाई नै अपुरणीय क्षति : गेसो

SHARE:

लन्डन माघ १४ । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले गोर्खा अभियन्ता गेसोका सल्लाहकार तथा गोर्खा प्राविधिक समितिका सदस्य डा. चन्द्र लक्सम्बाको निधनमा दु:ख व्यक्त गरेको छ ।

सभापति कृष्णकुमार राईद्वारा बुधबार जारी वक्तव्यमा स्वर्गीय डा. लक्सम्बालाई एक कुशल सल्लाहकारको रुपमा गेसोले स्मरण गरेको छ । ‘दुई सय पाँच वर्षदेखी गोर्खाहरुमाथि भएको विभेद अन्त्यको लागि बेलायत सरकारको प्रतिनिधि, नेपाली राजदूतावास र गोर्खाहरुबीच विभिन्न चरणको वार्ता पश्चात एक ऐतिहासिक १३ बुँदे प्रतिवेदन तयार पार्नमा उहाँको अहम् भूमिका रहेको थियो’, वक्तव्यमा उल्लेख छ । गेसोले गोर्खा आन्दोलनमा उनले लगाएको गुण सम्पूर्ण भूतपूर्व ब्रिटिस गोर्खाको लागि अविस्मरणीय रहेको बताएको छ ।

गेसोको शोक वक्तव्यमा गेसो प्लमस्टिड समितिका सदस्य जितजंग गुरुङ र गेसो अल्डरसट समितिका सल्लाहकार रनबहादुर लिम्बूको निधनप्रति पनि दु:ख व्यक्त गरिएको छ । उनीहरुको निधनबाट गेसोलाई मात्रै नभइ सिंगो गोर्खा आन्दोलनलाई नै अपुरणीय क्षति पुगेको गेसोको ठहर छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!