प्रचण्ड–माधव पक्षको आम हड्ताल कार्यक्रम अवज्ञा गर्न नेपाल सरकारको आग्रह

SHARE:

काठमाडौं माघ २१ । गृह मन्त्रालयले प्रचण्ड–माधव पक्षले आह्वान गरेको आम हड्तालप्रति अवज्ञा गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले भने बुधबार साँझ विज्ञप्ति जारी गर्दै शान्ति सुरक्षामा खलल पुग्ने गरी तोडफोड, आगजनी र जबरजस्ती लगायतका गतिविधि गरे कानून बमोजिम कारबाही गर्ने मन्त्रालयले चेतावनीसमेत दिएको छ ।

विवादका बीच संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षाले बिहीबार आमहड्ताल आह्वान गरेको छ । संविधान र प्रचलित कानून विपरीत शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, सार्वजनिक यातायात सञ्चालनमा अवरोध नगर्न आग्रह गरेको छ । साथै दैनिक रुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा व्यवस्था मिलाउने मन्त्रालयले बताएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!