काठमाडौंमा नेकपा ओली समूहको शक्ति प्रदर्शन, कसले के बोले ?

SHARE:

काठमाडौं माघ २३ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको मूल पार्टी आफू नेतृत्वको नेकपा भएको बताएका छन् ।

उनले आफू नेतृत्वको पार्टी नै देशको मूल पार्टी पनि भएको दाबि गरे । आज नारायणीहिटीमा आयोजित सभामा आफू नेतृत्वकै पार्टी नै सक्कली भएको दाबि गरेका हुन् ।

उनले यो पार्टी लोकतन्त्रका लागि सात दशकदेखि संघर्ष गरेर आएको पार्टी, देश बनाउने संकल्प बोकेको पार्टी भएको हुनाले यो पार्टी नै मुल पार्टी भन्दै आजैबाट मुल पार्टी कुन हो भन्ने र सक्कली कुन हो भन्ने टुंगिएको बताए ।

साथै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षलाई नरभक्षी आन्दोलन नगर्न चेतावनी दिएका छन् । उनले अब नरभक्षी आन्दोलनको दिन गएको पनि बताए । नेपाल बन्दको नाममा बिहीबार एउटा गरिब ट्याक्सी चालकलाई जिउँदै जलाउन खोजेको उनको आरोप छ।

नेपालमा आजको जस्तो ठूलो सभा इतिहासमा कहिल्यै नभएको भन्दै यो सभाबाट कुन पार्टी मूल पार्टी हो भन्ने टुंगो लागेको उनको दावी छ। प्रधानमन्त्री ओलीले जनतालाई हेर्ने सरकार भएको बताउदै जनतालाई ढुक्क हुन आग्रह गरे ।

साथै उनले सभालाई बिफल पार्न बिहीबार नेपाल बन्दको नाटक मंचन गरेर श्रमिक जनतालाई दुख दिएको बताए । प्रधानमन्त्रीले आफ्नो सभालाई बिफल पार्न बाटा बाटामा खाल्डा खनिएको र कतिपय ठाँंउमा बम राखेर बिप्लव लेखिएको बताए ।

यस्तै उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका सचिवालय सदस्य इश्वर पोखरेलले नेकपाको आधिकारिकता प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्‍व गरेको नेकपाले नै पाउने दाबी गरेका छन् ।

शुक्रबार समूहले नारायणहिटी दरबार संग्रहालयअगाडि गरेको वृहद् सभालाई सम्बोधन गर्दै नेता पोख्रेलले सूर्य चिन्‍ह पनि आफ्नै समूहले पाउने दाबी गरे ।

उनले जनताको स्थायित्वको चाहनालाई समाप्त पार्ने तत्व सक्रिय रहेको दाबी समेत गरे । तर त्यसलाई जसरी पनि असफल बनाउने उनले बताए ।

उनले दाहाल–नेपाल समूहले गरेको आम हड्तालको पनि विरोध गरे । दाहाल–नेपाल समूहले गरेको आम हड्ताका क्रममा भएका विभिन्‍न क्षतिको सरकारले क्षतिपूर्ति दिने समेत उनले बताए ।

यस्तै नेकपा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नुपर्ने अवस्था आएको छ भनेका नेकपाका दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई अपराधी भनेका छन् ।

ओली पक्षले नारायणहिटी दरबार संग्रहालय अगाडि गरेको बृहत् सभालाई सम्बोधन गर्दै उनले दाहाललाई अपराधी भनेका हुन् ।

उनले देशमा तेस्रो जनआन्दोलनको थालनी भएको पनि बताए । ‘अस्थिरतालाई जनताले मात्रै सामान्य अवस्थामा ल्याउन सक्छन् । आज देशमा असाधारण परिस्थित सिर्जना भएको छ । आज देश आन्दोलित भएको छ । अस्थिरताको विरुद्ध देश उत्रिएको छ,’ उनले भने, ‘संविधानको रक्षाको निम्ति आन्दोलित भएको छ ।

जनआन्दोलनको थालनी भएको छ । आज यस प्राङ्गणमा लाखौँको संख्याको जनताको उपस्थितीले तेस्रो जनआन्दोलन सुरु भएको छ भन्ने स्पष्ट गरेको छ । उनले अहिलेको राजनीतिक अस्थिरता स्थापना हुनुको पछाडिका कारण पनि उल्लेख गरेका छन् ।
त्यस्तै आमसभामा सत्यनारायण मण्डल, लगायतका नेता कार्यकर्ताहरुले बोलेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!