एभरेस्ट टाइम्सका मधुकर गुरुङसहित नेपाल चलचित्र कलाकार संघ बेलायतमा ७ सल्लाहकार चयन

SHARE:

लन्डन फागुन २ । एभरेस्ट टाइम्सका मधुकर गुरुङसहित नेपाल चलचित्र कलाकार संघ बेलायतमा ७ जना सल्लाहकार छानिएका छन् ।

रोमियन लिम्बुको अध्यक्षतामा सम्पन्न संस्थाको भर्चुअल कार्यसमिति बैठकले सल्लाहकारहरु चयन गर्ने निर्णय गरेको हो । छनोटमा परेका नयाँ सल्लाहकारहरुमा व्यवसायी तथा एभरेस्ट टाइम्सकर्मी मधुकर गुरुङ, याक्थुङ चुम्लुङ मङ्गेना यूके अध्यक्ष कमला सेन्दाङ लिम्बु, साहित्यकार शान्ति लिम्बु, गैर आवासीय नेपाली संघ यूके इंग्ल्याण्ड राज्य समन्वय परिषद्का उपाध्यक्ष एलबीजेड (रबीन) गुरुङ, गीतकार कल्पना आङबुहाङ, एभरेष्ट क्यास एण्ड क्यारीका महाप्रवन्धक आशबहादुर गुरुङ र गोर्खा सर्भिस लिमिटेडकी प्रवन्ध निर्देशक सुमन पुन छन् ।

अध्यक्ष रोमियन लिम्बुले नयाँ सल्लाहकारहरुलाई बधाइ दिंदै उनीहरुको जिम्मेवारीले संस्थाले अझ रचनात्मक र प्रभावकारी काम गर्न सफल हुने विश्वास व्यक्त गरेकी छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!