
लन्डन फागुन ६ । बेलायतको अल्डरसटमा बस्ने ६० वर्ष माथिका नेपालीहरुले फेब्रुअरी १९ तारिखमा बिना ‘अपोइन्टमेन्ट’ नै कोभिड खोप लगाउन पाउने भएका छन् ।
ग्रेटर रसमोर नेप्लिज कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेल्बासेले प्राइमरी केयर नेटवर्कस् (पीसीएन) का निर्देशक डा. लुइस पेन र स्वयंसेवक लिडर साम ट्रस्लरसँग भएको फोनवार्ता अनुसार फेब्रुअरी १९ तारिखका दिन क्षेत्रमा बस्ने ६० वर्ष माथिका जेष्ठ नेपाली नागरिकलाई बिनाअपोइन्ट खोप दिन लागिएको जानकारी दिए । उनले ६० वर्ष पुगेकाले प्रिन्सेस हल अल्डरसट गएर बिहान ८.३० देखि साँझ ५ बजे भन्दा पहिला लाइन बस्न पनि अनुरोध गरेका छन् ।
खोप लगाउनका लागि साथमा आफ्नो नाम, जन्म मिति, ठेगाना र आफूले खाइरहेको औषधिको विवरण साथै पासपोर्ट समेत लिएर जानुपर्नेछ । यसअघि पनि ७० वर्षमाथिका सयौं भूतपूर्व गोर्खा वृद्धवृद्धाले बिना अपोइन्टमेन्ट नै खोप लगाउने अवसर पाएका थिए । नेपाली उल्लेख्य रहेको उक्त क्षेत्रका बेलायती समुदायसँग नेपालीको राम्रो सम्बन्ध र सहयोग आदानप्रदान हुंदै आएको छ ।
यसैबीच खोप लगाउन कार्यमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई नि:शुल्क खाना नास्ताको व्यवस्था गरिने भएको छ । चाइना ओरिन्टल सुपरमार्केट अल्डरसटका कमल गुरुङले नर्स र स्वयम्सेवकलाई नि:शुल्क लन्च र म म खुवाउने भएको हो ।
कोरोना खोप बिषयक पुन: जरुरी सुचना
आदरणिय अल्डरशट निवासी आमा, बुवा, दाजुभाइ एवम दिदिबहिनीहरुमा हार्दिक नमस्कार्,
आज मिती १७ फेब्रुअरी २०२१ साँझ पि सि एन (Primary care networks) डाइरेक्टर डा लुइस पेन र स्वयम सेवक लिडर शाम ट्रस्लरसँग भएको फोन वार्ता अनुरुप केवल अल्डरशट निवासी ६० बर्ष माथिका जेष्ठ नागरिकहरुलाई भोली १९ फेब्रुअरी देखी बिना अपोइन्ट्मेन्ट पनि कोरोना खोप दिइने भएको हुँदा यथा सम्भव पृन्सेस हल अल्डरशटमा गैइ लाईनमा बस्नुहुन अनुरोध गरिन्छ । उक्त खोपको लागी बिहान ०८३० बजे देखि साँझ १७०० बजे भन्दा पहिला लाईनमा बसिसक्नुहुन अनुरोध गरिन्छ।
त्यहाँ जाँदा आफ्नो नाम्, जन्म मिति, ठेगाना र आफूले खाइरहेको औषधिको नाम कागतमा लेखेर लग्नुको साथै पासपोर्ट समेत लिएर जानुहुनेछ ।
कृपा गरी उल्लेखित सुचना सेवाग्रहिसम्म पुर्याउन सहयोग गरिदिनुहुन समस्त नेपाली समूदायमा हार्दिक अनुरोध गरिन्छ ।
जिब बेल्बासे
निवर्तमान अध्यक्ष
जिआरएनसि






