लन्डन फागुन ८ ।
गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का महासचिव दशरथ राईलाई मातृशोक परेको छ ।
उनकी आमा मनलक्ष्मी राईको शनिबार ९० वर्षको उमेरमा खोटाङ आफ्नै निवासमा स्वर्गारोहण भएको गेसोका सभापति कृष्णकुमार राईले जानकारी दिए ।
साथै सभापति राईले मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति संस्थाको तर्फबाट समवेदना व्यक्त गरेका छन् ।