प्रवासी नेपाली एकता मञ्च युकेद्वारा भागरथी भट्ट महिला शसक्तिकरण अभियान कोष स्थापना

SHARE:

यूके फागुन १० ।

प्रवासी नेपाली एकता मञ्च युकेको बृहत महिला भेलाले सरस्वती केसीको नेतृत्वमा २७ सदस्यीय महिला बिभाग गठन गरेको छ।

साथै भेलाले अन्तराष्ट्रिय महिला दिवस आठ मार्चमा भव्य रुपमा मनाउने निर्णय गरेको छ। साथै, भेलाले नेपालको बैतडी जिल्लाको सनातन माबिमा कक्षा १२ मा पढ्ने १८ बर्षकि पाशविक र जघण्य रुपले हत्या गरिएकी बालिका, भागरथी भट्टको स्मृतीमा नेरु पांच लाखको भागरथी भट्ट महिला शसक्तिकरण अभियान कोषू खडा गर्ने निर्णय गरेको छ।

कोषको लागि आजको बैठकमा नेपाली दुईलाख रुपैयाँ संकलन भईसकेको र बाँकी रकम मार्च आठसम्म संकलन गरी भागरथी भट्टको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै अक्षयकोष खडा गर्ने निर्णय भएको छ। यस कोषमा सहयोग गर्ने सबै सहयोगी मनहरुप्रति हार्दिक नमन गर्दै यो कोष महिलामाथि हुने हिंसा, अन्याय र अत्याचारको बिरुद्ध महिला शसक्तिकरणको आवाज बुलन्द गर्न स्थापना गरिएकोले सम्पूर्णमा सहयोगको लागि अनुरोध पनि गरेको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!