गण्डकी प्रदेश खेलकुद समन्वय मञ्‍च यूकेको घोषणा, मीनप्रसाद गुरुङ संयोजक

SHARE:

लन्डन चैत १० । नेपालको गण्डकी प्रदेशमा खेलकुदको विकास एवं प्रवर्द्धनमा सघाउने लक्ष्यसहित बेलायतका अग्रज समाजसेवी मीनप्रसाद गुरुङको संयोजकत्वमा गण्डकी प्रदेश खेलकुद समन्वय मञ्च यूके घोषणा गरिएको छ ।

गण्डकी प्रदेशका नवनियुक्त सदस्यसचिव तेजबहादुर गुरुङको सम्मानमा आइतबार भर्चुअल रुपमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रिय खेलाडी रहेका तमुधिं यूकेका संस्थापक अध्यक्ष गुरुङको संयोजनमा मञ्‍च गठन गरिएको हो । मञ्चमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने बेलायतस्थित विभिन्न क्षेत्रीय तथा खेलकुदसम्बन्धी संघसंस्थाको प्रतिनिधित्व रहनेछ ।

नवनियुक्त सदस्यसचिव गुरुङको सम्मानमा मञ्चका संयोजक मीनप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले बधाई तथा शुभकामना ज्ञापन गरे । अध्यक्ष पन्तले गुरुङ उक्त पदका लागि उपयुक्त व्यक्ति भएको बताए । अनुभवसहित जिम्मेवारी पाएकाले गुरुङबाट गण्डकी प्रदेशले खेल क्षेत्रमा मनग्य लाभ लिने पन्तको भनाइ थियो ।

सदस्य सचिव तेजबहादुर गुरुङले आफूमा महत्वपूर्ण जिम्मेवारी आएको र केन्द्रित भएर काम गर्ने वातावरण र पहुँच भएकाले यसलाई अवसरका रुपमा लिएको बताए ।

स्वागत मन्तव्य राख्दै एनआरएनए यूकेका संरक्षक एवं समाजसेवी सूर्य गुरुङले खेलकुद क्षेत्रको विकास र स्तरोन्नतिका लागि जीवन नै समर्पण गरेका गुरुङको सक्षम र क्षमतावान नेतृत्वबाट गण्डकी प्रदेशको खेलकुदले थप उचाई हासिल गर्ने अपेक्षा व्यक्त गरे ।

कार्यक्रममा एनआरएनए आइसीसी महासचिव हेमराज शर्मा, एनआरएनए आइसीसी युवा संयोजक हिमाल गुरुङ, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, तमुधि यूके अध्यक्ष हितकाजी गुरुङ, तमु पे ल्यू संघ यूके निवर्तमान अध्यक्ष मेजर खुशीमान गुरुङ, अन्तर्राष्ट्रिय बाग्लुङ समाज उपाध्यक्ष कृष्ण शर्मा, अन्तर्राष्ट्रिय कास्की आदर्श समाज अध्यक्ष गोविन्द पौडेलले शुभकामना मन्तव्य दिए ।

त्यस्तै अन्तर्राष्ट्रिय पर्वत समाज अध्यक्ष पुरन गिरी, सहारा यूके संस्थापक नवीन गुरुङ, बुद्धिजीवी एवं पूर्व प्रधानाध्यापकद्वय एकेन्द्र गुरुङ र महेश गुरुङ, तमुधिं यूके सल्लाहकार डा चन्द्रबहादुर गुरुङ, वगर माइखलक यूके अध्यक्ष चन्द्रमान गुरुङ, पोखरा रामबजार समाज यूकेका पहलमान गुरुङ, पोखरेली मञ्च यूके अध्यक्ष मानप्रसाद गुरुङ, सहारा यूके अध्यक्ष कुमार गुरुङ, हङकङ नेपाली मञ्च यूके अध्यक्ष ह्यारी गुरुङ, घोताने समाज यूके अध्यक्ष ले. चन्द्रबहादुर गुरुङ, स्याङ्जा समाज यूके अध्यक्ष शारदा गुरुङले पनि शुभकामना दिए ।

लमजुङ समाज यूके अध्यक्ष विश्वजंग गुरुङ, गोरखाली समाज यूके उपाध्यक्ष हेम गुरुङ, तनहुँ समाज यूके अध्यक्ष लेख गुरुङ, तमुधिं यूके आमा समूह महासचिव यशोधा गुरुङ, मोना यूके एवं एनआरएनए यूके पूर्वअध्यक्ष योग फगामी, प्रवासी नेपाली मञ्च यूके उपाध्यक्ष रमेश बास्तोला, सहारा यूके पूर्व अध्यक्ष मीनबहादुर गुरुङ, सहारा यूके उपाध्यक्ष कुसाङ गुरुङ, ज्येष्ठ नागरिक नन्दकुमारी गुरुङ लगायतले पनि शुभकामना मन्तव्य दिए ।

कार्यक्रममा पूर्व राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङ राईले गण्डकी प्रदेशका सदस्यसचिव गुरुङको प्रोफाइल र पृष्ठभूमि समेटेर प्रस्तुति दिएकी थिइन् ।

कार्यक्रमको अध्यक्षता गरेका गण्डकी प्रदेश खेलकुद समन्वय मञ्च, यूकेका संयोजक मीनप्रसाद तमुले स्वागत र समापन मन्तव्यका क्रममा सदस्य सचिव गुरुङलाई बधाइ तथा शुभकामना दिए ।

कार्यक्रमको सञ्चालन एनआरएनए आइसीसी सदस्य भक्त गुरुङले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!