चिजा र सन्तोष तामाङले ल्याए ‘गोर्खाली ठाडो भाका भाग–३’

SHARE:

काठमाडौं चैत १३ । गायिका चिजा तामाङ र गायक सन्तोष तामाङले गोरखा जिल्लाको सिरानचोकको सेरोफेरोलाई लिएर मौलिक ठाडो भाका बजारमा ल्याएका छन् ।

मौलिक गीतका रुपमा परिचित रहेको ठाडो भाका लोप हुने क्रममा रहेको बेलामा उनीहरुले आफ्नो पहिचान झल्काउँदै ठाडो भाकालाई प्राथमिकतामा राखेर ‘गोर्खाली ठाडो भाका भाग–३’ बजारमा ल्याएका हुन् । सन्तोष र चिजाको स्वरमा रहेको गोर्खाली ठाडो भाकाको शब्द तथा भाका संयोजन सन्तोष तामाङले गरेका हुन् । यस गीतको सहगायनमा भने प्रकाश गुरुङ, सविन गुरुङ, रुपी सिंजाली मगर, पेमा मगरले साथ दिएका छन् ।

गोर्खाली ठाडो भाकाको म्यूजिक भिडियोलाई दीप गुरुङले निर्देशन गरेका छन् । विजय लामाको छायांकन मेकबहादुर थापाको सम्पादन रहेको यस भिडियोमा पश्चिमाञ्चल सांस्कृतिक केन्द्रका कलाकार समूहको अभिनय छ ।

विशेषगरी गोरखा, लमजुङ आसपासमा मौलिक गीत ठाडो भाका प्रचलित छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!