टानद्वारा ८२ लाख आर्थिक सहयोग

SHARE:

काठमाडौँ, टेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले पदयात्राका क्रममा ज्यान गुमाउने मजदुरका परिवारलाई रु ८२ लाख ५० हजार सहयोग उपलब्ध गराएको छ ।

नेपाल पर्यटन बोर्डको सहयोगमा टानले लाङ्टाङ, एभरेष्ट, अन्नपूर्ण, जोमसोम र मनास्लु क्षेत्रमा ज्यान गुमाएका ३३ मजदुरको परिवालाई जनही रु दुई लाख ५० हजारका दरले चेक हस्तान्तरण गरेको टानले आइतबार  विज्ञप्तिमार्फत जनाएको हो ।

बोर्ड र टानबीच चार वर्ष अगाडि भएको सम्झौताबमोजिम पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) रकमबाट पदयात्राका क्रममा मुत्यु भएका मजदुरको हितको लागि छुट्टाइएको भएपनि मजदुरका परिवारले पाउनुपर्ने राहत बापतको रकम २०७१ सालदेखि निकासा हुन सकेको थिएन ।

टानका अध्यक्ष नवराज दाहालले पदयात्रालाई व्यस्थित गरी सम्भावित दुर्घटनाको जोखिम नियन्त्रण गर्न टिम्स लागू गरिएको र यसको प्रभावकारी रुपमा व्यवस्थापन गरिने बताए । चारवर्ष अगाडिदेखि पदयात्राका क्रममा ज्यान गुमाएका पर्यटन मजदुरको परिवारलाई राहत वितरण गर्न लामो समय लागेपनि टानले आश्रित परिवारलाई राहत वितरण गर्न सफल भएको उनले उल्लेख गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!