प्रधानमन्त्रीबाट चीन भ्रमणबारे सदनलाई जानकारी

SHARE:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको बृहद् हित र राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर नेपालको आवश्यकता र प्राथमिकताका आधारमा छिमेकी मुलुक चीनसँग सहमति कायम गर्ने बताएका छन् ।


चीनका प्रधानमन्त्रीको औपचारिक निमन्त्रणामा मंगलबारदेखि हुने आफ्नो चीनको औपचारिक भ्रमणबारे प्रतिनिधिसभामा जानकारी दिदैं उनले मुलुकको राष्ट्रिय हित र सरोकारलाई अझ व्यापक सृदृढ बनाउने उद्देश्यका साथ आफू चीन भ्रमणमा जान लागेको बताए ।

प्रधानमन्त्री ओलीले भने, “हामीले छिमेकीको संवेदनशीलतालाई बुझेका छाँै, हामी एक चीन नीतिप्रति प्रतिबद्ध र दृढ छौँ, चीन विरोधी कुनै पनि गतिविधि नेपालको भूमि प्रयोग गरेर हुन दिने छैनाँै, हामी हाम्रो राष्ट्रिय दृष्टिकोण र अडानमा कायम रही छिमेकीका अरू जायज चासो, चिन्ता र सरोकारलाई सुन्ने छाँै ।”

चीन लामो समय देखिको पुरानो मित्र हो, जसले हाम्रो सार्वभौमसत्ताको खुलेर सहयोग र समर्थन गर्दै आइरहेको छ भन्दै उनले चीनको सहयोगमा राष्ट्रिय सभागृह, अन्तर्राष्ट्रिय सम्मेलनलगायत अरू ठूला पूर्वाधार निर्माण भइरहको स्मरण गराए ।

प्रधानमन्त्री ओलीले भने, “चीन एउटा सुदृढ अर्थतन्त्र, ठूलो जनसंख्या, ठूलो भूभाग र ठूलो सहयोगको भावना भएको सबल राष्ट्र हो, चीनसँग हाम्रा विभिन्न प्रकारका धार्मिक, सामाजिक सम्बन्ध छ, सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको नेपाल र चीनबीचको सम्बन्ध सुमधुर र मित्रवत रहिआएको छ ।”

आफ्नो भ्रमणबाट दुई देशबीचको सम्बन्ध झन् प्रबल, सुदृढ र गाढा हँुदै जाने विश्वास व्यक्त गर्दै उनले अघिल्लो पटकको आफ्नो चीनको भ्रमणका अवसरमा भएका केही दूरगामी महत्वका सहमति र सम्झौताले यथार्थ र भविष्यको मार्ग संकेत गरेको छ भने ।

रेल, उर्जा

यस पटकको भ्रमणका क्रममा विगतमा भएका सहमति र सम्झौताका विषयमा थप छलफल गरेर हाम्रा प्राथमिकताका बारेमा चिनियाँ नेतृत्वलाई जानकारी गराइने बताउँदै प्रधानमन्त्री ओलीले अहिले हाम्रो राष्ट्रिय एजेण्डाका रुपमा विकास नै हाम्रो प्राथमिकता हो भने ।

उनले नेपालको विकास र समृद्धिका लागि चिनियाँ सहयोग, सहकार्य र लगानी आवश्यक रहेको उल्लेख गर्दैै “चीनले वान बेल्ट रोडको अवधारण अघि सारेको छ, तत्काल विभिन्न क्षेत्रमा कसरी मिलेर अघि जान सकिन्छ भन्नेबारे यसअघि नै सहमति भइसकेको छ भन्नुभयो ।”

“उत्तर दक्षिण कोरिडोर र केही सडकका बारेमा सहमति हुनेछ, राष्ट्रपतिसँगको भेटमा नेपाल र चीन बीचको सम्बन्ध र सहकार्य अझ सुदृढ गर्ने दृष्टिकोणबाट कुरा राखिनेछ,” प्रधानमन्त्री ओलीले भने ।

उनले चीन भ्रमणका क्रममा चिनियाँ समकक्षीसँग प्रतिनिधिस्तरको भेटघाट हुने जानकारी दिँदै “सो भेटघाटमा नेपालको व्यापार घाटा, यातायात पूर्वाधार निर्माण, अन्तरदेशीय प्रसारण लाइन, निर्माणाधीन आयोजनाको लगानी र सहकार्यका विषयमा छलफल हुनेछ भने ।”

रेलसेवा, ऊर्जा विकास, पुनः निर्माण लगायतका विषयमा दुई पक्षबीच सहमतिपत्रमा हस्ताक्षर हुने जानकारी दिँदै प्रधानमन्त्री ओलीले आफूले पर्यटन क्षेत्रको विकास, लगानी तथा व्यपार लगायतका कार्यक्रमलाई सम्बोधन गर्ने बताए ।

उनले भ्रमणका क्रममा चीनको स्वसाशित क्षेत्र तिब्बत ल्हासाको भ्रमण गर्ने र त्यस अवसरमा सीमावर्ती क्षेत्रसँग सम्बन्धित विषयमा छलफल हुने जानकारी पनि दिए ।

प्रधानमन्त्री ओलीले हामीले आत्मसात् गरेको नयाँ अभ्यासलाई सुदृढीकरण गर्ने, त्यसलाई व्यावहारिक रुपमा खँदिलो बनाउँदै लैजाने अठोट व्यक्त गर्दै “तीन तहका सरकार, नयाँ प्रणाली, त्यसको अधिकार, काम, कार्यक्षेत्र लगायतका बिषयमा मोटामोटी रुपमा तयारी भए पनि त्यसका अभ्यास आफँै बनाउँदै अघि जानुपर्ने अवस्था छ भने ।”

प्रधानमन्त्री ओलीले भने, “देशभित्र ६० देखि ७० लाखको संख्यामा गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उकास्नेमा केद्रित भइरहेको अवस्थामा हाम्रा सम्पूर्ण साधन र स्रोतलाई विकासतर्फ परिचालन गर्ने हिसावले अन्तर्राष्ट्रिय सहयोग र समर्थन जुटाइनेछ ।”

छिमेकीसँगको मित्रता सुदृढ र पारस्परिक लाभका आधारमा अघि बढाइने प्रतिवद्धता व्यक्त गर्दै उहाँले नेपाल भारत बीचको सन् १९५० को सन्धिको परिमार्जन हुनेमा आफू विश्वस्त रहेको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!