दूतावासमा नेपाली मेला तयारी छलफल

SHARE:

लन्डन । तमुधिं युकेको आयोजना र नेपाली राजदूतावास लन्डनको सहकार्यमा हुन लागेको नेपाली मेलाको तयारीबारे छलफल भएको छ ।

गत जुन १५ शुएटा संवाददाता

क्रबार साँझ नेपाली दूतावास लन्डनमा तमुधिं युके र नेपाली दूतावास लन्डनबीच छलफल भएको हो । आगामी अगस्ट २६ का दिन लन्डनको रेसकोर्समा गर्न लागिएको दसौं नेपाली मेलालाई अझ व्यवस्थित र आकर्षक बनाउनबारे व्यापक छलफल भएको तमुधिं युकेले जनाएको छ ।

बैठकमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले, ‘मेलालाई नेपाली पर्व, संस्कृति, परम्परा र चाडपर्वको रुपमा विकास गरौं’ भन्दै मेलामा दूतावासको सधैं साथ र सहयोग रहने जनाए । साथै, उनले दूतावासका तर्फबाट उपनियोग प्रमुखले मेलाको संयोजन गर्ने बताउँदै विभिन्न देशका कूटनैतिक अधिकारीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वलाई निम्तो दिने बताए । त्यस्तै, तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङले मेलाको तयारी भइरहेको जानकारी गराउँदै उपाध्यक्ष हित काजी गुरुङले मेला संयोजन गर्ने बताए ।

तमुधिं युकेका उपाध्यक्ष एवं मेला संयोजक हित काजी गुरुङले मेलालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि ६४ जनाको समिति गठन गरिएको बताउँदै मेलाको अनुमानित आय–व्यय प्रस्तुत् गरे । त्यस्तै, दूतावासका उपनियोग प्रमुख शरदराज आरणलगायत बैठकका सहभागीले गतवर्षको अनुभव सुनाउँदै विभिन्न सुझाव दिएका थिए । सो अवसरमा तमुधिं युकेका सल्लाहकार एकेन्द्र गुरुङले ‘धर्तीमा जुन’ नामक आफ्नो गीतिसंग्रह राजदूत डा. सुवेदीलाई प्रदान गरे ।

बैठकमा नेपाली दूतावास लन्डनको तर्फबाट कर्णेलकुमार बाबु थापा क्षेत्री, थर्ड सेक्रेटरी भूपेन्द्र घिमिरे र तेजेन्द्र रेग्मीलगायत दूतावास कर्मचारीको उपस्थिति रहेको थियो । त्यस्तै, तमुधिं युकेको तर्फबाट पूर्वअध्यक्षहरु मेजर डमर घले, मुछेत्र गुरुङ, कमल गुरुङ, सुर्जे (रामचन्द्र) गुरुङ, उपाध्यक्ष नन्दजङ्ग गुरुङ, महासचिव कृष्णप्रसाद गुरुङ, सहकोषाध्यक्ष कुमार गुरुङ, खेलकुद सचिव क्याप्टेन पीताम्बर गुरुङ, मिडिया सेक्रेटरी रोहित गुरुङ, फोटोग्राफर मिलन तमु, सल्लाहकारहरु एकेन्द्र गुरुङ, मेजर कृष्णबहादुर गुरुङ, जुमकाजी गुरुङ, लोक गुरुङ र मानप्रसाद गुरुङलगायतको उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!