धार्मिक सद्‌भाव बिथोल्न खोज्ने आचार्य श्रीनिवास ५ हजार धरौटीमा रिहा

SHARE:

मोरङ । धार्मिक सद्भाव बिगार्न खोजेको आरोपमा थुनामा रहेका आचार्य श्रीनिवास ५ हजार धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रताप शर्माको इजलासले शुक्रबार ५ हजार धरौटीमा रिहा गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को क बमोजिम जेठ १६ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो । जिल्ला प्रशासनको आदेशबिरुद्ध उनले मुलुकी ऐनको अदालती बन्दोवस्त महलको १७ नम्बर बमोजिम जिल्ला अदालतमा पुनरावेदन गरेका थिए। उनलाई झुम्का कारागारमा राखिएको थियो ।

विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा पुराणबाचनका लागि आएका आचार्यमाथि चैत २५ गते बिहान १:४५ बजे शौच गर्न कोठाबाट बाहिर निस्केका बेला गोली प्रहारबाट घाइते भएका थिए । उनी न्यूरो अस्पताल विराटनगरमा २१ दिन उपचार गराएर काठमाडौं गएका थिए । काठमाडौंबाट थप उपचारका लागि भारतको दिल्ली जान लागेको समयमा बैशाख २४ गते बिहान आचार्यलाई प्रहरीले पक्राउ गरेको थियो।

यस्तै, आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवनको भरतपुर महानगरपालिका बेलचोकका २९ वर्षीय रोशन भन्ने माधव चौधरी, गोली र पेस्तोलको ब्यवस्थापन गर्ने नवलपरासीको गैडाकोट नगरपालिका–५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई कर्तव्यज्यान मुद्दामा जिल्ला अदालत मोरङको आदेशमा पूर्पक्षका लागि थुनामा छन् ।

बाराको सिमरा–३ पानीटंकी नजिक घर भएका दिपप्रसाद पण्डित र कान्तिमति पण्डितका एक्ला छोरा आचार्य श्रीनिवासको वास्तविक नाम दिनेशप्रसाद पण्डित हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!