सोलुमा जिप दुर्घटना हुँदा सातको मृत्यु

SHARE:

सल्लेरी । सोलुखुम्बु शुक्रबार जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

बिहान ८ बजे जिल्लाको नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको जिप दुघर्टना हुँदा तीन पुरुष र चार महिलाको मृत्यु भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रद्युम्नकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा जिप चालक उदयपुर सिरिसे– ८ निवासी ३१ वर्षीय कुसाङ तामाङ, सिरहा सनैखा निवासी ३६ वर्षीय शिवकुमार यादव र ओखलढुंगाको माम्खा– ५ बस्ने ४० वर्षीय श्यामकुमार राईको सनाखत भएको हो ।

यस्तै खोटाङ खाल्ले– ८ निवासी २४ वर्षीया कोपिला बस्नेत ९कार्की०, सोलुखुम्बुको नेचासल्यान– २ बस्ने अन्दाजी ३५ वर्षकी उर्मिला बास्तोला, सोही ठेगाना भएकी अन्दाजी २५ वर्षकी सुशीला खड्का र करीब– ८ वर्षीया सुष्मा खड्काको पनि मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।

बिहान नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको ना १ ज १८६० नं को जिप साविक तिङ्ला–१ स्थित गुप्तेश्वर महादेवथान मन्दिर नजिकैको चिप्ले भिरमा खसेको थियो ।

जिप करिब एक किलोमिटर तल खसेको अनुमान गरिएको छ । जिपमा सवार सात जनामध्ये ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि काठमाडाँै लैजाँदै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!