दिलीप रायमाझीले सृष्टीको चोलीमा नजर लगाएपछि…

SHARE:

काठमाडौँ । गायिका मिलन अमात्य र गायक रामचन्द्र काफ्लेको आवाजमा तयार गरिको गीत “चौबन्दी चोलीमा कस्सीएको तिम्रो जवानी” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डान्सिङ् रियालिटि शो बुगिउगीका निर्णायक तथा नायक दीलिप रायमाझी समेत मोडेलकारुपमा म्युजिक भिडियोमा देखापरेका छन् । उनले मोडल दिपिका शाह र सृष्टि खड्कासँग यस म्युजिक भिडियोमा रोमान्स गरेको देख्न पाइनेछ ।
डा. डिआर उपाध्यायको शब्द रहेको उक्त गीतमा सङ्गीतकार सागर अधिकारी ‘शरद’को सङ्गीत रहेको छ । गीतकार डा. उपाध्यायले “चौबन्दी चोलीमा कस्सीएको तिम्रो जवानी” म्युजिक भिडियो पूर्णत व्यवसायिक शैलीको गीत निर्माण भएको बताए । यस म्युजिक भिडियो युवा वर्गका लागि लक्षित गरिएको भएपनि सबै उमेर समुहका लागि उक्तिकै रुचिकर हुने विश्वास गितकार डा. उपाध्यायको छ । साथै यस म्युजिक भिडियोमा गीतकारको समेत अभिनय रहेको छ ।

मोडल दिपिका शाह, सृष्टि खड्का र नायक दीलिप रायमाझी माथी छायाङ्कन गरिएको यस गीतको भिडियोमा युवतीको जवानीमा युवक आकर्षित भएको दृष्य रमालो शैलीमा प्रस्तुत गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!