सन्जुको रेकर्ड

SHARE:

अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बायोपिक ‘सञ्जु’ ले किर्तिमान कायम गरैको छ । लगालग हिट फिल्म दिन माहिर राजकुमार हिरानीको पछिल्लो निर्देशन ‘सन्जु’ को बम्पर कलेक्सनले उनलाई दर्शकको नाडी छाम्न सक्ने फिल्मकर्मीको रूपमा फेरि पनि स्थापित गराइदिएको छ ।

सञ्जय दत्तको जीवनीमा आधारित उक्त फिल्मले यति बेला करिअर संकटमा रहेका रणवीर कपुरलाई समेत सञ्जीवनी बुटीको काम गरिदिएको छ । फिल्मले रिलिजको तेस्रो दिन नै एक सय करोड कलेक्सनको कोसेढुंगा पार गरेको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार झन्डै ३५ करोड भारुसहितको ओपनिङ डे कलेक्सन गरेको ‘सन्जु’ आइतबार थप उचाइ लिँदै झन्डै ४७ करोडको व्यापार गर्न सफल रह्यो । ‘सन्जु’ को विकेन्ड कलेक्सन यस वर्ष रिलिज बलिउड फिल्ममै उच्च हो । ‘रेस ३’ र ‘पद्मावत’ लाई समेत यसले धेरै पछि छोडिदिएको छ ।

‘रेस ३’ ले तीन दिनमा १ सय ६ करोड कलेक्सन गर्दा ‘पद्मावत’ ले १ सय १४ करोड कमाएको थियो । ‘सन्जु’ ले यही अवधिमा १ सय २० करोड भित्र्याइसकेको छ । सलमान खानकै ‘टाइगर जिन्दा है’ को १ सय १४ करोडभन्दा पनि बढी हो यो ।

त्यसो त ‘सन्जु’ ले सर्वाधिक एकदिने कमाइमा ‘बाहुबली २’ को कीर्तिमानसमेत तोडेको छ । अत्यधिक चर्चामा रहेको ‘बाहुबली २’ ले रिलिजको पहिलो आइतबार ४६ करोड ५० लाखको कलेक्सन गर्दै भारतीय फिल्म व्यापारको इतिहासमै हालसम्मको सर्वाधिधक कमाइ गरेकामा ‘सन्जु’ ले त्यसभन्दा २१ लाख बढी कलेक्सन गरेर कीर्तिमान राखेको बलिउड ट्रेड एनालिस्ट तरन आदर्शले जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!