अर्जुन तिलिजा
सनिवार १४ मे २०२२ बेलायत | लामो समयको कोभिड १९ को महामारी पछी पुन समाज युकेद्वारा आयोजित १४ औ वार्षिक भेटघाट तथा नेपाली नयाँ बर्ष २०७९ को उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रम १४ मे २०२२ मा लण्डन स्थित फेलथाम स्पोर्टस एण्ड लेजर सेन्टरमा भब्यताका साथ सम्पन्न भएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथी एनआरएन युकेका अध्यक्ष प्रेम बहादुर गाहामगर हुनुहुन्थ्यो भने बिशेष अतिथिहरुमा मगर संघ युकेका अध्यक्ष सिता पुर्जा पुन मगर, स्वर्गिय तुल बहादुर पुन भिसीकि धर्म पत्नी पुनिसरा तिलिजा र अतिथिहरुमा मोना युकेका अध्यक्ष कुमार फगामी लगायत अन्य सामाजिक संघ संस्थाहरुका प्रतिनिधिहरु र अन्य बिशेष सम्मानित ब्यक्तिहरु हुनुहुन्थ्यो । पुन समाज युकेका सचिब राम बहादुर तिलिजाबाट हेल्थ एण्ड सेफ्टीको बिषयमा जानकारी गराउदै सुरु भएको कार्यक्रममा कोभिड १९ महामारीबाट ज्यान गुमाउनु हुने समाजका सदस्यहरु लगायत अन्य सबैमा श्रदान्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रम हलको प्रवेशद्वारमै करबाकेली कुलदेवताको थान राखेर पूजा गरी प्रसाद ग्रहण गरेर मात्रै भित्र प्रवेश गर्ने प्रबन्ध मिलाईएको कार्यक्रमको अध्यक्षता पुन समाज युकेका अध्यक्ष धन बहादुर पुनले गर्नु भएको थियो ।पुन समाज युकेका अध्यक्ष, प्रमुख अतिथी र बिशेष अतिथीको बाहुली बाट कुलदेवताको थान सहितको फोटोमा बत्ती बालेर उदघाटन गरिएको कार्यक्रममा उपस्थित अतिथिहरु लगायत उपस्थित सम्पूर्णमा पुन समाज युकेका उपाध्यक्ष केशमाया पुन ले स्वागत मन्तब्य राख्नु भएको थियो ।देश बिदेशमा रहेर पनि बिभिन्न सामाजिक कार्यहरु, पर्यटन क्षेत्र सम्बन्धी साहसिक कार्यहरु, कोभिड १९ को महामारिमा बिशेष योगदान पुर्याउनु हुने ब्यक्तिहरु, पुन समुदायको चर्चित ब्यक्तिहरु र पुन समुदायहरुको बिषयमा पुस्तक प्रकाशन गर्ने ब्यक्तिहरु, करबाकेली थान करबाकेली संग्राहलय करबाकेली ईको पर्यटन पदमार्ग बनाउने ब्यक्ती र नेपाल बाट आएका कलाकारहरुलाई बिशेष सम्मान तथा बेलायतमा रहेर अध्ययन क्षेत्रमा बाट मास्टर्स ग्राजुवेशन गर्ने ब्यक्तिहरु, पुन समुदायका ब्यवसायिहरु, आर्मी क्षेत्रमा माथिल्लो तहमा पदोउन्नती हुने ब्यक्तिहरु र समाजलाई प्रायोजन गर्ने ब्यक्तिहरु र समाजमा रहेर बिशेष योगदान सहयोग गर्ने बिशेष ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
आफ्नो छोटो मन्तब्यको क्रममा प्रमुख अतिथी एनआरएन युकेका अध्यक्ष प्रेम बहादुर गाहा मगरले नेपाली दुताबास र बिभिन्न नेपाली बेलायती सामाजिक संघ संस्थाहरुसँग समन्वय गरेर गोर्खाहरुको समान अधिकार लगायत बेलायतमा बस्ने नेपालीहरुको समस्या र अधिकार लगायतका बिषयहरुमा हरुमा सहयोग समन्वय र पहल गर्दै आईरहेको बताउनु भयो । आफ्नो आमा पनि पुनको छोरी भएकोले पुनमगर समुदायको सँस्कार संस्कृति र परम्पराहरु सँग आफु पनि नजिक रहेको भन्दै पुन समाज युकेले बेलायतबासी लगायत नेपाल र नेपालमा बस्ने पुन समुदायहरुमा गरेका उल्लेख्निय सहयोगहरु प्रती ब्यक्तीगत र एनआरएन युकेका तर्फ देखी धन्यवाद ब्यक्त गर्दै पुन समाज युकेसँग सधैं सहकार्य रहने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो । बिशेष अतिथिको रुपमा आफ्नो छोटो मन्तब्य राख्दै मगर संघ युकेकि अध्यक्ष सिता पुर्जा पुनले आफु स्वयम म्याग्देली पुन कि छोरी भएको र मगर संघ युकेका तर्फ देखी बिशेष अतिथी भएर आफ्नै पुन समाजको कार्यक्रममा आउनु पाउदा अत्यन्तै खुशी लागेको र मगर भित्रको पुन समुदाय अन्य मगर भन्दा बिशेष पहिचान बोकेको मगर समुदाय रहेकोले पुन समुदायहरुको उत्थान र प्रगतिको लागि आफ्नो ब्यक्तिगत रुपमा सधैं सहयोग र शुभेक्षा रही रहने भन्दै पुनहरुको उत्थान प्रगती नै सबै मगरहरुको प्रगती हो भन्दै नेपाल मगर संघको स्थापना पनि स्वर्गिय हेम बहादुर पुर्जा पुनले गर्नु भएको र मगर संघ अहिलेको अवस्था सम्म ल्याउनको लागि आर्थिक नैतीक भौतिक सबै क्षेत्रहरुमा पुन मगरहरुको बिशेष अग्रणी भूमिका रहदै आएको बताउदै मगर संघ युके र पुन समाज युके स्थापनाकाल देखी नै बिशेष सम्बन्ध रहदै आएको र भविस्यमा अझ उच्च रहने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।