जसु गुरुङको निर्देशनमा ऐतिहासिक फिल्म निर्माण हुँदै

SHARE:

पोखरा । गुरुङ फिल्मको नगरीका रुपमा चिनिने पोखराबाट अर्को ऐतिहासिक फिल्म बजारमा आउन लागेको छ । जसु गुरुङको निर्देशनमा म्ले क्यु अर्थात् बिर्साउने पानी बजारमा आउन लागेको हो ।

अन्तिम सम्पादन भइरहेको फिल्म गुरुङको ऐतिहासिकतासँग जोडिएको छ । गुरुङ जातिको मृत संस्कारलाई फिल्ममा उतारिएको निर्देशक जसुले जानकारी दिइन् । ‘गुरुङ समुदायमा मान्छे मरिसकेपछि अर्घौं गर्ने परम्परा छ । अर्घौंको अन्तिममा पुरेत अर्थात् खेगीले मरिसकेको आत्मलाई भौतिक संसारबाट बिर्साएर स्वर्गीय संसारतिर लीन गराउने संस्कार छ,’ निर्देशक जसुले भनिन्, ‘यो विषयसँगै गुरुङ भाषा, संस्कृति, भेषभुषा र परम्परा फिल्ममा देख्न पाइन्छ ।’

रोशन गुरुङको लेखन र स्टार्स स्टुडियोको ब्यानरमा बनेको यो फिल्ममा अहिलेसम्मकै नयाँ र ऐतिहासिक विषय वस्तु रहेको फिल्मका मुख्य कलाकार माओत्से गुरुङले जानकारी दिए । ‘यो फिल्ममा बिल्कुलै नयाँ विषयबस्तु छ । ऐतिहासिक र गुरुङ जातिको महत्वपूर्ण संस्कारलाई फिल्मले उठाएको छ,’ गुरुङ फिल्मका निर्देशकसमेत रहेका माओत्सेले भने, ‘यो फिल्म रिलिजसँगै धेरैले मन पराउने छन् ।’

यही ऐतिहासिक कथामा बनेको फिल्मको ‘खै बिदो तो बिदो’ गीतका लागि कभर डान्स प्रतियोगिता आह्वान गरेको छ । फिल्मको गीत सार्वजनिक गर्दै स्टुडियोले प्रतियोगिता आह्वान गरेको हो । प्रतियोगिताको बिजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछ । देशभित्र र बाहिर सबै ठाउँबाट प्रतियोगितामा भाग लिन सक्ने छन् । न्युरोडस्थित स्टार्स स्टुडियोको कार्यालय र अनलाइनमार्फतबाट पनि भिडियो पठाउन सकिने छ । प्राप्त भिडियो स्टार्स स्टुडियोको अफिसियल युट्युब च्यानलमा राखिने छ ।

सबैभन्दा बढी हेरिएको कभर डान्स प्राथमितामा पर्नेछ भने छनोट समितिले पनि मूल्यांकन गर्ने छ । साउन मसान्तसम्म प्रतियोगितामा कभर डान्स पठाउन सकिने छ । प्रतियोगिताका नियमहरु स्टार्स स्टुडियोको फेसबुक पेजमा पनि हेर्न सकिने निर्देशक जसुले जानकारी दिइन् । फिल्मको छायांकन प्रकाश गुरुङ ‘काश’ले गरेका हुन् भने सम्पादन सन्तोष कोन्मेले गरेका हुन् । फिल्ममा स्याङ्जाको लामडाँडा गाउँको अधिकांश दृश्य छ । यो सँगै पोखरा र घाचोकमा फिल्मको छायांकन भएको छ । फिल्ममा माओत्सेसँगै रिया गुरुङ, डिबी गुरुङ, कमल गुरुङ, कृष्टी गुरुङ, बाल कलाकारमा रोनित गुरुङ लगायत कलाकारको अभिनय छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!