काठमाडौं । सभामुख कृष्णबहादुर महरासाग नेपालका लागि जापानी राजदूतका रुपमा आउनुभएका मासामिची साइगोले शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार सभामुखको कार्यकक्ष सिंहदरबारमा सभामुख महरासाग राजदूत साइगोले शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा सभामुख महराले नेपाल–जापानबीच राजनीतिक सम्बन्ध मात्रै नभई सामाजिक, साास्कृतिक सम्बन्ध निकै प्रगाढ रहेको बताए ।

‘नेपाल बुद्धको जन्मभूमि हो, जापान बौद्धमार्गीहरुको देश’, सभामुख महराले भने, ‘हामी राजनीतिक सम्बन्धका हिसाबले जति नजिक छौं, त्यत्तिकै सांस्कृतिक, धार्मिक र भावनात्मक हिसाबले निकट छौं ।’
जापान सरकारले नेपालको विभिन्न क्षेत्रमा आर्थिक लगानी तथा सहयोग गरिरहेको चर्चा गर्नुहुादै सभामुख महराले नेपालको महाभूकम्पको बेला जापान सरकारले गरेको सहयोग आफूहरुले कहिल्यै नभुल्ने बताए । उनले हालै जापानमा आएको बाढीपहिरोले पुर्याएको जनधनको क्षतिले आफूलाई दुखित तुल्याएको समेत बताए ।
नेपालमा संविधान निर्माणपछि तीन तहको निर्वाचन सम्पन्न गरेर देशले संघीय शासन प्रणालीको अभ्यास गरिरहेको भन्दै सभामुख महराले आफूहरु संविधानको मर्मअनुरुप नयाँ ऐन, कानून निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदीय मैत्री संघ गठन गर्नेतर्फ आफूले सोचिरहेको भन्दै सभामुख महराले यस्ता समूहले एक अर्काको संसदीय अभ्यास, अनुभव र प्रचलन सिक्ने मौका मिल्ने बताए ।
सभामुखसागको भेटमा जापानी राजदूत मासामिची साइगोले जापान र नेपालबीचको पारस्परिक सम्बन्ध पहिलेजस्तै प्रगाढ र दिगो रहने विश्वास व्यक्त गरे । जापान सरकारले नेपाललाई जुनसुकै क्षेत्रमा पनि सहयोग गर्न तयार रहेको भन्दै संघ, प्रदेश र स्थानीय तहको सरकारलाई सुशासन, क्षमता अभिवृद्धि लगायतका कामहरुमा आवश्यक सहयोग गर्न इच्छुक रहेको बताए ।
भेटवार्तामा संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराई, सचिवद्वय गोपालनाथ योगी र डा। भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।






