बोलेरो दुर्घटनामा तीनको मृत्यु

SHARE:

मेलम्ची । पाँचपोखरी थाङ्पाल गाउँपालिका–४, सल्लेडाँडामा लु १ ख ९९९ नंंको बोलेरो जीप बिहीबार राति दुर्घटना हुँदा दुई महिलासहित तीनजनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुर्घटनामा नौजना घाइते भएको र उनीहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि मेलम्चीतर्फ ल्याउँदै गरेको र घटनास्थलतर्फ अहिले प्रहरी टोली पठाइएको इलाका प्रहरी कार्यालय, मेलम्चीले जनाएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका तिपेनीबाट सोही गाउँपालिकाको मानेखर्कतर्फ जाँदै गरेको उक्त बोलेरो जीपमा १५ जना सवार रहेको बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!