छोरेपाटनमा सिसी क्यामेरा जडान

SHARE:

पोखरा । पोखराको महत्वपूर्ण पर्यटकीय स्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी एक दर्जन सिसी क्यामेरा जडान गरिएको छ । डेभिज फल क्लबको सकृयतामा सिद्धार्थ राजमार्गको बराल फिडदेखि छोरेपाटन प्रहरी चौकी हुँदै बरको चौतारासम्म एक किलोमिटरभन्दा बढी सडक क्षेत्रमा हालै रु १० लाखको लागतमा क्यामेरा जडान गरिएको हो ।

क्लबका अध्यक्ष गोपाल बरालका अनुसार सिसी क्यामेरा जडानका लागि पोखरा महानगरपालिकाको रु तीन लाख ८० हजार, गुप्तेश्वर गुफा व्यवस्थापन समितिको रु तीनलाख ५० हजार, बरालफिडको रु ५० हजार सहयोग प्राप्त हुनुको साथै रु दुई लाख २० हजार क्लबको खर्च भएको छ । डेभिज फल क्लबले आगामी साउन ५ गते एक समारोहका बीच जडित सिसी क्यामेरासहितको सम्पूर्ण प्रविधि छोरेपाटन प्रहरी चौकीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको क्लबका उपाध्यक्ष पुष्प बरालले जानकारी दिए ।

सिसी क्यामेरा जडानसँगै धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर गुफा, डेभिज फल (पातले छाँगो) लगायत छोरेपाटन प्रहरी चौकीको शान्ति सुरक्षामा समेत सहयोग पुग्ने विश्वास लिइएको छ । अपराध अनुसन्धान, चोरीलगायत आपराधिक घटनाका अभियुक्तलाई छिटोछरितो पक्राउ गरी कानूनी दायरामा ल्याउन र सवारी दुर्घटना न्यूनीकरणमा समेत सिसी क्यामेरा सहयोगी बन्ने विश्वास छोरेपाटन प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकबहादुर रोकायाले व्यक्त गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!