राष्ट्रिय एकता कायम नभएसम्म देशमा विकास हुन सक्दैन: प्रम ओली

SHARE:

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सद्धभाव कायम नभए राष्ट्रिय एकता कायम हुन नसक्ने बताएका छन् । बिहीबार गण्डकी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता कायम नभएसम्म देशमा विकास हुन नसक्ने बताएका छन् । “हामीले विकासका प्रयास चौतर्फी रुपमा अघि बढाउनु पर्नेछ” प्रधानमन्त्री ओलीले भने, “हाम्रोमा विकासका सम्भावना असाधरण छन् । तिनलाई अघि बढाउने इच्छा शक्ति हामीमा हुनु पर्दछ । ”

प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशमा अझ धेरै सम्भावना रहेको बताएका छन् । यो प्रदेश पौराणिक महत्वको, स्रोतको प्रचुर सम्भावना भएको, नेपाल एकिकरणका ऐतिहासिक प्रारम्भिक थलो पनि यही प्रदेशमा रहेको प्रधानमन्त्री ओलीले बताए । “तिब्बत देखि त्रिवेणीसम्म फैलिएको गण्डकी प्रदेश पर्यटन, उर्जा, शिक्षा, स्वास्थ्यका लागि असाधारण सम्भावना बोकेको ठाउँ हो” प्रधानमन्त्री ओलीले भने “यी सम्भवनालाई उचित प्रयोग गरेर यस प्रदेशलाई समृद्ध बनाउने जिम्मा प्रदेश सरकार र स्थानीय तहको हो । यसमा केन्द्रीय सरकारको भरमुग्ध सहयोग रहन्छ ।”

संघीय संरचना र प्रदेश सरकारको पहिलो अभ्यास भएकोले केही सरकार सञ्चालनमा केही असजिलो भएपनि आफ्नो अनुभवले खारिदै जानु पर्ने प्रधानमन्त्री ओलीले बताएका छन् । “हामी एउटा नौलो अभ्यासमा छौं । यस अघि हामीसँग प्रदेश सरकार सञ्चालन गरेको अभ्यास थिएन” प्रधानमन्त्री ओलीले भने “अब आफ्नै अनुभवबाट सिक्दै यस प्रणालीलाई मजबुद बनाउनु पर्दछ । ”

प्रधानमन्त्री ओलीले आफ्नो लोकतन्त्रप्रतिको निष्ठामा केही मानिसहरुले शंका गरेको देख्दा आफैलाई अचम्म लागेको बताएका छन् । आधा शताब्दीभन्दा बढी समय लोकतन्त्रका लागि आफूले संघर्ष गरेको सम्झदै प्रधानमन्त्री ओलीले भने, “मैले नेतृत्व गरेको बेला लोकतन्त्र गुम्छ भन्नु आफैंमा हास्यास्पद छ ।”

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!