धुर्मुसले सुरु गरे क्रिकेट मैदानको जग्गा अवालोकन कार्य

SHARE:

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेशनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण स्थलको खोजी कार्य तीव्र बनाएको छ ।

फाउन्डेशनको टोलीले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको साथमा भक्तपुर जिल्लाको चाङ्गुनारायण नगरपालिका वडा ४ स्थित पहेनडोलमा रहेको करिब १ सय २४ रोपनी जग्गा अवलोकन गरेको छ । क्रिकेटप्रेमीहरुको सहयोग प्रतिबद्धता र नेपाल सरकारको पनि सकारात्मक पहलकदमीका कारण आफूहरुलाई थप उत्साह मिलेको फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले बताएका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणस्थल छनोटको काम सुरु गरिएको भन्दै उपयुक्त स्थान रहेको खण्डमा फाउन्डेशनलाई जानकारी गराउन समेत आग्रह गरेका छन् ।

यस्तै, जग्गा अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले अन्तर्राष्ट्रिय क्रिकेट मैदान देशको लागि अपरिहार्य रहेको भन्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उपयुक्त जग्गा छनोट गरेर जतिसक्दो छिटो क्रिकेट मैदान निर्माण गर्नुपर्नेमा उनको जोड छ ।

प्रकाशित : २०७४ चैत १७

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!