काठमाडौँ । करातेका खेलाडी एवं साहित्यकार गणेशप्रसाद लाठको व्यङ्ग्य कथासंग्रह छमियाको शनिबार यहाँ लोकार्पण गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य घनश्याम भुसाल र राजनीतिक विश्लेषक सिकेलालले एक समारोहकाबीच पुस्तकको लोकापर्ण गरेका हुन् । कार्यक्रममा नेकपाका नेता घनश्याम भुसालले लेखक मारवाडी परिवारमा हुर्के पनि नेपाली साहित्यलाई यस कृतिमार्फत उचो बनाएको बताए । उनले यस पुस्तकमा भएका मधेशका कुरालाई राष्ट्रियतासँग जोड्न थप सहयोग पुर्याएको धारणा राखे ।
सिकेलालले मधेशका मध्यमवर्गका विसंगतिमाथि लेखकले व्यङ्ग्यात्मक ढंगले पुस्तकमा कटाक्ष र हास्यस्पद शैलीमा लेखेको बताए । उनले पुस्तकमा मधेशको समाजमा देखिएका कुरालाई विवरणात्मक, व्याख्यामत्क र अनूभूतितुल्य किसिमले उतारेको बताए ।


