बेलायतद्वारा सुरक्षा परिषद्को बैठक बोलाउन माग

SHARE:

संयुक्त राष्ट्रसंघ, न्युयोर्क । बेलायतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठक तत्काल बोलाउन बिहीबार माग गरेको छ ।

गत महिना रूसका पूर्व गुप्तचर र उनकी छोरीमाथि भएको जस्तो रसायनिक आक्रमण फेरी नहोस् भन्ने व्यवस्थाका लागि बैठक बोलाउन माग गरिएको बेलायतले जनाएको छ ।

विश्वभर भइरहेको रसायनिक आक्रमणको बारेमा छलफल गर्न अत्यावश्यक भएको बेलायती अधिकारीहरुको भनाइ छ ।

बेलायतको माग अनुसार यो हप्तापछि सुरक्षा परिषद्को बैठक बोलाइने अपेक्षा गरिएको राष्ट्रसंघकालागि बेलायती मिसनले जनाएको छ ।

प्रकाशित : २९ चैत २०७४

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!