स्थिरता र समृद्धि बोलेर मात्र हुँदैन, काम गरेर देखाउनुपर्छ: काँग्रेस नेता सिंह

SHARE:

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थिरता र समृद्धि बोलेर मात्र नहुने भएकाले व्यवहारमा काम गरेर देखाउन सरकारसँग आग्रह गरेका छन् ।

काँग्रेस काठमाडौँले मंगलबारआयोजना गरेको विरोध पदयात्रापछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले निर्वाचनका बेला बोलेका स्थिरता र समृद्धिका नारा व्यवहारमा कार्यान्वयन गर्न वर्तमान सरकार अग्रसर नदेखिएको आरोप लगाए ।

काँग्रेसकै नेतृत्वमा २००७ सालदेखि २०६२÷६३ सम्मका सबै लोकतान्त्रिक आन्दोलन सफल भएको र काँग्रेसको नेतृत्वमै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भई सबै तहका निर्वाचन सम्पन्न भएको जिकिर गर्दै नेता सिंहले भने, “सरकारले नचाहिने मुद्दामा हात हालेर जनतालाई दुःख दिने काम गरेको छ, हामी यसमा खबरदारी गर्न चाहन्छौँ ।” जनताको तागत के हो भन्ने कुरा पछिल्लो समयमा चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा उजागर भएको काँग्रेसका पूर्वमहामन्त्री सिंहले बताए ।

कार्यक्रममा काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाको पालना गर्न सत्ता पक्षले उदासीन देखाएको आरोप लगाउँदै संविधान र कानून सबैले मान्नुपर्ने बताए ।

काँग्रेस केन्द्रीय सदस्य अम्बिका बस्नेत र नवीन्द्रराज जोशी, काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँ, कोषाध्यक्ष गोविन्द पुडासैनीलगायतले बढेको कर फिर्ता लिन महँगी नियन्त्रण गर्न एवं महिलामाथि हिंसा गर्नेलाई कडा कानूनी कारवाही गर्न सरकारसँग माग गरे ।

राजधानीको शान्तिवाटिकाबाट शुरु भएको विरोध पदयात्रा भोटाहिटी–असन–जुद्धशालिक–नयाँ सडक हुँदै पुनः शान्तिवाटिका पुगी कोणसभामा परिणत भएको थियो । पदयात्रामा फोहरमैला व्यवस्थापन गर्, ६५ वर्षे वृद्धभत्ता कायम गर्, भूकम्पपीडितलाई थप एक लाख अनुदानको व्यवस्था गर् लगायत नाराबाजी लगाइएको थियो । पदयात्रामा काँग्रेस केन्द्रीय सदस्य, सांसद, पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाको सहभागिता थियो ।

७७ जिल्लामा विरोध प्रदर्शन

प्रमुख प्रतिपक्षी दल काँग्रेस केन्द्रीय कार्यसमितिको निर्देशनानुसार मंगलबार ७७ जिल्लामा विरोध प्रदर्शन सम्पन्न भएको पार्टीले जनाएको छ । प्रदर्शनमा समग्रमा पार्टीका पाँच लाखभन्दा बढी नेता, कार्यकर्ता र शुभ चिन्तकको सहभागिता रहेको काँग्रेसद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रदर्शनमा प्रा डा गोविन्द केसी र सरकारबीच भएको सम्झौता अक्षरशः कार्यान्वयन गर्न दबाब दिने, मूल्य वृद्धिविरुद्धको जनभावनालाई प्रकट गर्ने, संविधानको धारा ९१ को उपधारा २ को कार्यान्वयनमा दबाब बढाउने लगायत विषयमा केन्द्रित रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!