प्रक्रियामा गएरै प्रस्तावित प्रधानन्यायाधीश जोशीकाबारे निष्कर्ष निकाल्ने तयारी

SHARE:

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने विषयमा नेपाली कांग्रेसका सांसदले प्रक्रियामा जान नमानेपछि संसदीय सुनुवाइ समितिको बैठक निष्कर्षविहीन बनेको छ ।

सहमति जुट्न नसकेपछि मतदानमा गएर नाम अनुमोदन गर्ने वा नगर्ने निष्कर्ष निकाल्नका लागि प्रक्रियामा जानुपर्ने संवैधानिक व्यवस्था भएपनि कांग्रेसका सांसदले त्यसमा जान नमानेपछि समितिको बुधबारको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा समितिका सदस्य योगेश भट्टराईले भने, “सहमतिका लागि प्रयास गरियो, नभएपछि प्रक्रियामा मतदानबाट जाऔँभन्दा काँगे्रसका सांसदले मान्नु भएन ।”

प्रक्रियामा जान खोज्दा कांग्रेस सांसदले आफूहरुलाई छलफलका लागि थप समय माग गरेपछि शुक्रबारका लागि बैठक सरेको उहाँले जानकारी दिनुभयो । प्रक्रियामा गएर नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्ने नेकपा सांसदको तयारी छ भने सहमतिमै गएर निष्कर्ष निकाल्नुपर्ने कांग्रेस सांसदको भनाइ छ ।

प्रक्रियामा गए बैठक नै बहिष्कार गर्ने कांग्रेस सांसदको अडानले समितिको आजको बैठक बिना निष्कर्ष टुंगिएको हो ।

कांग्रेस सांसद तथा समितिका सदस्य भीमसेनदास प्रधानले सहमतिका लागि प्रयास गर्दागर्दै थप छलफल गर्नका लागि समय आवश्यक भएको हुँदा निर्णय हुन नसकेको जानकारी दिए ।

उनले भने, “बैठकमा सहमतिकै लागि प्रयास भयो, मिलाउन खोज्दाखोज्दै पनि बैठकमा यो बिषय औपचारिकरुपमा प्रवेश नै पाएन ।”

बैठकले सहमतिबाटै निष्कर्ष निकाल्ने प्रयास गर्‍यो, समितिका संयोजक लक्ष्मणलाल कर्णले भने, “सहमतिमा वा प्रक्रियामा गए पनि सर्वसम्मत गरौँ भन्नेमा जोड छ, सहमति नभए नियमावलीले दिएको प्रक्रियाअनुसार शुक्रबार निर्णय हुन्छ ।”

समितिले यही साउन १० गते प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ गरेको थियो ।

बुधबारसम्म चारपटक समितिको बैठक बस्यो तर जोशीको नाम अनुमोदन गर्ने वा नगर्नेमा भन्ने निर्णय लिन सकिएको छैन् ।

बुधबार अपराह्न ३:३० बजेका लागि बोलाइएको समितिको बैठक ६ बजेर ५ मिनेटमा शुरु भएको थियो । शुक्रबारको बैठकमा पनि सहमति नभए प्रक्रियाबाट टुंगो लगाउने समितिका संयोजक कर्णले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!