गैरआवसीयलाई नेपाली नागरिकता दिइने, यी हुन् पूरा गर्नुपर्ने ५ आधार

SHARE:

काठमाडौं । नेपाल सरकारले गैरआवासीय नेपालीलाई पनि नागरिकता प्रदान गर्न गर्ने भएको छ ।

विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेकोलाई नेपाललाई यो सुविधा दिन लागेको हो । बिगतमा वंशज वा जन्मको आधारमा बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई नागरिकता दिन लागेको हो । राजनीतिक अधिकारबाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने गरी ऐन संशोधन गर्न लागिएको छ । नागकरिकता पाउन पाँच आधार पुरा गर्नु पर्ने हुन्छ । नागरिकता पाएपछि मतदानमा सहभागी हुनेबाहेक अधिकार पाउने गरी ऐन संशोधन गर्न लागेको हो ।

संविधानको धारा १४ मा गैरआवासीय नेपाली नागरिकलाई नागकरिता प्रदान गर्ने व्यवस्था छ । नागरिकता लिन चाहने गैरआवासीय नेपालीले गृह मन्त्रालयमा निवेदन दिनु पर्ने हुन्छ । निवेदनमा दिने व्यक्तिको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित व्यक्तिले नेपाली नागरिकता परित्याग गरेकोमा त्यसको प्रमाण, विदेशी मुलुकको नागरिकता भएको प्रमाण, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण, नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिबद्धतापत्र पेश गर्नु पर्ने हुन्छ ।

निवेदन प्राप्त भए पछि मन्त्रालयले आवश्यक प्रमाण बुझेर गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गर्न लागिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!