नेपाली एसोसिएसन वेल्शायरद्वारा आयोजित सुइण्डन कप भव्यताका साथ सम्पन्न

SHARE:


लन्डन २२ अगस्ट २०२३ । नेपाली एसोसिएसन वेल्शायरद्वारा आयोजित सुइण्डन कप यहि जुलाई ८ तारिख शनिबार को दिन सुइण्डन स्थित न्यु कलेजको खेल मैदानमा भव्यताका साथ सम्पन्न भएको छ। सेक्रेटरी अफ स्टेट फर वेल्स तथा पूर्व सेक्रेटरी अफ स्टेट फर जस्टिस मन्त्रि सर रोबर्ट बक्ल्याण्डको प्रमुख अतिथ्यमा सम्पन्न उक्त खेलमा बेलायतको विभिन्न शहर बाट १३ वटा समूहले भाग लिएको थियो।

लिग सिस्टमद्वारा खेलिएको सो खेलमा विभिन्न देशका अनुभबी रेफ्रीहरुको साथै खेलाडीहरुको दुर्घटना बाट हुन सक्ने चोटपटक को उपचारको लागि अनुभबी तथा पेसारत चिकित्सकहरु को पनि व्यवस्था गरिएको थियो। विभिन्न कम्पनि , संघ सस्था , तथा विभिन्न व्यक्तिहरुले उक्त नेपाली फूटबल कपको लागि प्रायोजन गरेका थिए भने कुनैले भौतिक सहयोग पनि गरेको थियो। उक्त खेल मैदानमा विभिन्न संघ संस्थाहरु , कम्पनीहरु लगायत विभिन्न परिकारका खानेकुराहरुको स्टल पनि रखिएको थियो । खेलको फाइनलमा बि वाई एन सी र बीबीसी बीच प्रतिस्पर्धा भएको थियो। पन्ध्र पन्ध्र मिनेट गरि जम्मा ३० मिनेट खेलिएको उक्त खेलमा बिबिसीले बि वाई एन सी टिमलाई दुइ सुन्नाले हराउदै प्रथम स्थान हाँसिल गर्न सफल भएको थियो।

फस्ट रनर अप तथा दोस्रो हुने समुहलाई हजार पाउण्ड नगद र मेडल प्रदान गरेका थिए भने बिजेता समुहलाई एक हजार छ सय पाउण्ड नगद तथा मेडल अनि ट्रोफी प्रदान गरेका थिए। मेडल , नगद ,र ट्रोफि प्रदान गर्ने हरुमा , नेपाली एसोसिएसन वेल्त्शायर का सस्थापक अध्यक्ष शान्त पुन , नेपाली एसोसिएसन वेल्त्शायरका पूर्व अध्यक्ष राजन क्षेत्री , पेरिस काउन्सिलर साउथ तथा नर्थ स्विण्डनका बाजिल सोलोमन, तमुधी युके का पूर्व अध्यक्ष तथा २०२३ – २०२५ का लागि एन आर एन युके का अध्यक्ष प्रत्याशी हित काजि गुरुङ रहेका थिए। कार्यक्रम नेपाली एसोसिएसन वेल्त्शायरका सचिब जेनिशा थापाले संचालन गरेकी थिईन । कार्यक्रमको अन्तमा नेपाली एसोसिएसन वेल्त्शायरका अध्यक्ष ज्ञान प्रसाद गुरुङ ले सबै लाइ धन्यबाद दिदै कार्यक्रमको समापन गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!