एसिया कपमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित

SHARE:

काठमाडौं ३० अगस्ट २०२३ ।

एसिया कपमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रनमा अल आउट भयो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए ।

यस्तै आरिफ शेखले २६ र गुलशन झाले १३ रन बनाए । बलिङतर्फ पाकिस्तानका शादब खानले ४ तथा शाहीन अफ्रिदी र हरिस रौफले २र२ विकेट लिए ।

यसअघि मुल्तान क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४२ रन बनायो । पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखरले शतक बनाए ।

बाबरले १ सय ५१ रन र इफ्तिकर अहमदले नटआउट रन बनाए । यस्तै मोहम्मद रिजवान ४४ रनमा आउट भए । बलिङतर्फ नेपालका सोमपाल कामीले २ विकेट लिए । यस्तै करण केसी र सन्दीप लामिछानेले १/१ विकेट लिए ।

अब नेपालले आउँदो सोमवार भारतसँग श्रीलङ्कामा खेल्नेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!