यी हुन् एनआरएनए यूके (गुरुङ समूह)बाट ११ औं महाधिवेशनमा भाग लिने प्रतिनिधिहरु

SHARE:

लन्डन १ सेप्टेम्बर २०२३ । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को आसन्न ११ औं महाधिवेशनमा बेलायतबाट भाग लिने प्रतिनिधिको नामावली पठाएको एनआरएनए यूकेले जनाएको छ ।

नामावली पठाउनका लागि तोकिएको बिहीबार मध्यरातसम्मको समयसीमाभित्रै एनआरएनए यूके (हित काजी गुरुङ समूह)ले डेलिगेट सूची आईसीसी सचिवालय पठाएको हो । आईसीसी अधिवेशनका लागि बेलायतको कोटामा परेका १ सय ५७ जना प्रतिनिधिको नाम सिफारिस गरिएको एनआरएनए यूके महासचिव गोविन्द शर्मा खरेलले जानकारी दिए । यसबाहेक आईसीसीका विभिन्न जिम्मेवारीमा रहेर स्वत: प्रतिनिधिमा पर्ने बेलायतका २२ जना छन् ।

एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङले आईसीसीले तोकेको मापदण्डअनुरुप प्रतिनिधि चयन गरिएको बताएका छन् । एनआरएनए आईसीसीको ११औं अधिवेशन आगामी अक्टोबर १७ र १८ मा काठमाडौँमा हुँदैछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!