भवन भत्कने खतरा भन्दै बेलायतमा १५० विद्यालय बन्द

SHARE:

लण्डन २ सेप्टेम्बर २०२३ ।

जोखिमपूर्ण भवनमा कंक्रीटको प्रयोग भएकाले भत्कने डरले बेलायतमा बिद्यालय बन्द गरिएका छन् । जसका कारण शुक्रबार देखी बेलायतका करिब १५० विद्यालय बन्द गरिएको छ ।

विद्यालयलाई अस्थायी स्थानमा सारिएको छ । अटोक्लेभ एरेटेड कंक्रीट ऑटोक्लेव्ड एरेटेड कंक्रीट (आरएएसी) भनिने हल्का तौल कंक्रीट बेलायतका केही विद्यालयहरूको निर्माणमा प्रयोग भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

आरएएसी १९५० देखि १९९० को मध्यसम्म छत, स्कूल, कलेज र अन्य भवन निर्माण गर्नको लागी व्यापक रूपमा प्रयोग गरिएको थियो । केही वर्षअघि गरिएको विश्लेषणले यसलाई जोखिमपूर्ण भएको फेला पारेको थियो र यसको प्रतिस्थापन सिफारिस गरेको थियो ।

विद्यालय भवनमा बिम भत्केपछि यस हप्ता नयाँ सल्लाह जारी गरिएको थियो, जसका कारण बेलायतका १५० बिद्यालय भवन बन्द गरिएका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!