तमु प्ये ल्हु संघ युकेबाट बेलायतमा तीन चलचित्रकर्मी सम्मानीत

SHARE:

लन्डन ४ सेप्टेम्बर २०२३ । नेपालबाट बेलायत भ्रमणमा आएका तीन जना कलाकारलाई तमु प्ये ल्हु संघ युकेले सम्मान गरेको छ ।

अल्डरसटस्थित थकाली किचनमा शनिबार सम्मान तथा भेटघाट कार्यक्रम गरी गुरुङ चलचित्रका नायक तथा निर्देशक ताराबहादुर गुरुङ, निर्माता, निर्देशक तथा नायक माओत्से गुरुङ र चलचित्र निर्माता तथा रोधीं टिभिकी प्रबन्धक निर्देशक बालकाशी गुरुङलाई तमु प्ये ल्हु संघले यूकेका अध्यक्ष रनबहादुर गुरुङलगायतले फेटा, क्रमु प्रमाणपत्र, खादा र मायाको चिनोसहित सम्मान गरेका हुन् ।

तारा, गुरुङ लालीगुराँस सांस्कृतिक पोसाक केन्द्रका सञ्चालक पनि हुन् । माओत्से, गुरुङ फिल्म एसोसिएसनका संस्थापक अध्यक्ष, नेपाल चलचित्र निर्माता सघंका आजीवन सदस्य हुन् ।

यसैगरी आमा समूहकी अध्य विष्णु गुरुङबाट पनि कलाकारहरुलाई सम्मान गरिएको थियो । कलाकार माओत्सेले नेपालको चिनारी र बालकाशी गुरुङले तमु प्ये ल्हु संघ यूकेको बाबा टोलीलाई नेपालको कोसेली स्वरुप ढाका टोपी लगाई सम्मान गरेका थिए ।

अध्यक्ष रनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम उपसचिव इन्द्रेश इगोप्छेले संचालन गरेका थिए । कार्यक्रममा संस्थाका पदाधिकारी, कार्यकारी सदस्य, सल्लाहकार, आजीवन सदस्याहरुको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!