दिगो विकासको लक्ष्य पूरा गर्न युवाको भूमिका महत्वपूर्ण: सभामुख

SHARE:

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले दिगो विकासको लक्ष्य पूरा गर्न युवाको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

‘एसियन युथ एसेम्ब्ली २०१८’ को शनिबार उद्घाटन गर्दै उनले ‘दिगो विकास लक्ष्य २०३०’ पूरा गर्न युवाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

सभामुख महराले भने, “विकासका लागि विश्वव्यापी अभियान अगाडि बढाउन संयुक्त राष्ट्रसंघले सन् २००० मा सहश्राब्दी विकास लक्ष्य घोषणा गरेको थियो, यसै सहश्राब्दी विकास लक्ष्यको जगमा ‘दिगो विकास एजेण्डा २०३०’ पारित गरिएको छ ।”

“दिगो विकास एजेण्डाले निर्धारण गरेका लक्ष्य हासिल गर्न युवाको भूमिका महत्वपूर्ण हुन्छ,” उनले भने, “दिगो विकास लक्ष्यले जलवायु परिवर्तन र यसको प्रभाव नियन्त्रण गर्न पहल थाल्न सचेत गराएको छ ।”

सभामुख महराले उद्यमशीलता नै आर्थिक समृद्धिको मूल आधार भएको उल्लेख गर्दै युवा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न र आयआर्जन बढाउन उद्यमशीलतातर्फ अगाडि बढ्नुपर्छ भने ।

“उद्यमशीलताले रोजगारी सिर्जना गर्नुका साथै आर्थिक वृद्धिमा पनि योगदान गर्छ,” उनले भने, “ विकासका साझा मुद्दामा सबै एक ठाउँमा उभिएर अघि बढ्नुपर्छ ।”

सभामुख महराले लोकतन्त्रको रक्षा, युवा नेतृत्वको विकास र वर्तमान विश्वका चुनौतीसँग लड्ने क्षमताको खोजी गर्न आग्रह गर्दै लामो राजनीतिक संघर्ष र संक्रमणबाट देश स्थिरता र शान्तिको बाटोतर्फ हिँडिरहेको बताए ।

संविधान कार्यान्वयनकै चरणमा भएका स्थानीय, प्रदेश र संघको निर्वाचनमा ठूलो युवा समूह जनप्रतिनिधि चुनिएको उल्लेख गर्दै उनले राजनीतिक नेतृत्व तहमा पुगेका युवा शक्तिले वर्तमान विश्वका आम युवाको साझा सवालमा एसियाली मुलुकका युवासँग सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!