७ अक्टोबरमा तमु प्ये ल्हु संघ यूकेको वार्षिक कल्याणकारी रात्रिभोज कार्यक्रम

SHARE:

लन्डन ५ सेप्टेम्बर २०२३ ।

तमु प्ये ल्हु संघ यूकेले यस वर्ष वार्षिक कल्याणकारी रात्रिभोज कार्यक्रम आगामी ७ अक्टोबर २०२३ का दिन गर्ने भएको छ ।

अल्डरसटस्थित एम्पायर हलमा शनिबार ७ तारिखमा कल्याणकारी रात्रिभोज कार्यक्रम आयोजना गरिएको जानकारी तमु प्ये ल्हु संघ यूकेका च्यारिटी डिनर पार्टी कोअर्डिनेटर खेम सर्बुजाले जानकारी दिए । उनका अनुसार कार्यक्रममा दिउँसो ४ बजेदेखि राति १० बजेसम्म हुनेछ ।

कार्यक्रममा विभिन्न सांगीतिक कार्यक्रम र सम्मानलगायत हुने संघका सहसचिव तथा मिडिया एसिसटेन्ट इन्द्रेश ङोप्छेले जानकारी दिए ।

कार्यक्रममा सहभागी हुन संघका छैटौं कार्यसमितिका अध्यक्षलगायत पदाधिकारीहरुले समस्त सदस्यहरु, सल्लाहकारहरु, संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरु, खेगी समितिका संयोजक, पीपीसिलगायत खेगी गुरूहरु, आमा उपसमितिका संयोजक, आमा समूहका सदस्यहरु, मूल परियोजनाका संयोजकहरु, संचारकर्मीहरु, युवा भाइबहिनीहरु, आजीवान सदस्यहरु, आमाबाबा दाजुभाइ, दिदीबहिनीहरुलाई अनुरोध गरेका छन् ।

यस पटक कार्यक्रममा सहभागी हुनेलाई प्रवेश शुल्कस्वरुप ३० पाउन्ड तोकिएको छ । तमु प्ये ल्हु संघ यूकेले हरेक वर्ष आजीवन सदस्य च्यारिटी डिनर पार्टी गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!