फोनिज स्थापना दिवसमा सञ्चारमन्त्रीले भने, ‘प्रेस स्वतन्त्रतानुकूल ऐनकानून बनाउँछौ’

SHARE:

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको संविधानअनुरुप प्रेससँग सम्बन्धित ऐनकानून प्रेस स्वतन्त्रतानुकूल बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को १९औँ स्थापना दिवस कार्यक्रममा आइतबार उनले प्रेस स्वतन्त्रतालाई नकारात्मक असर पर्ने गरी कुनै पनि कानून निर्माण नगरिने स्पष्ट गर्दै भने, “सञ्चारसम्बन्धी कानूनहरु प्रेसमैत्री बन्नेछन्, छलफल गरेर नै विज्ञापन नीति बनाइनेछ, प्रेस स्वतन्त्रतामाथि कुनै पनि काँढाले कोर्दैन, तपाईँहरु ढुक्क हुनुस् । सरकारले नागरिक र प्रेस स्वतन्त्रताको रक्षाकै लागि काम गर्ने हो, सबै मिलेर सहकार्यमा काम गर्ने हो ।”

मन्त्री बाँस्कोटाले लोकतन्त्र, गणतन्त्र, सामाजिक न्याय, मानवअधिकार, प्रेस स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानका लागि लडेको पार्टीले सरकार चलाइरहेको बताउँदै त्यसैका लागि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली १४ वर्ष र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १४ वर्ष वनबास बसेको स्पष्ट पारे ।

सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले नेपाली पत्रकारितामा समावेशिता र लोकतन्त्रका लागि आगामी दिनमा पनि निरन्तर काम गर्न फोनिजलाई शुभकामना दिए । प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठले पत्रकारितालाई समाजप्रति जिम्मेवार बनाउन काउन्सिलले निरन्तर रुपमा काम गरिरहेको बताए ।

प्रेस चौतारी नेपालका महासचिव राजेश राई, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष नारायण शर्मा, क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउत, क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउने र क्रियाशील महिला पत्रकारका अध्यक्ष अमिका राजथलाले प्रेस र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा फोनिजले निरन्तर काम गरिरहेको बताए ।

फोनिजको स्थापना दिवसका अवसरमा ‘आदिवासी राष्ट्रिय पत्रकारिता पुरस्कार’ द्वारा उजिर मगर (अनलाइन), भैरव आङ्ला (टेलिभिजन), कमला चौधरी (रेडियो) र छेटु शेर्पा (छापा) लाई जनही रु ४० हजार पुरस्कार प्रदान गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!