तारा र अनुको ‘गोलेनी’

SHARE:

काठमाडौं । नेपाली मौलिक भाकामा जमेका कलाकार जोडी तारा गुरुङ र अनु गुरुङले नयाँ चुट्का गीत डिजिटल बजारमा ल्याएका छन् ।

काठमाडौंमा एक कार्यक्रम गरी उनीहरुको संयुक्त प्रस्तुति ‘गोलेनी’ कौरा युट्युबमार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि तमु कलाकार संघका अध्यक्ष राजु गुरुङ, चर्चित गायिका हरिमाया गुरुङलगायत सहभागी थिए ।

लय÷शब्द सर्जक तारा गुरुङको रहेको सुन्दर चुट्का गोलेनीमा तारा गुरुङ, दुर्गा गुरुङ, पृथ्वी गुरुङ, अनु गुरुङ, निता गुरुङ र सरु गुरुङको सुमधुर स्वर रहेको छ । सो गीतलाई सुन्दर ढंगले नरजंग गुरुङले एरेन्ज गरेका छन् भने पश्चिमाञ्चल कल्चर, कालिका युवा क्लबलगायतको आकर्षक नृत्य भिडियोमा हेर्न सकिन्छ ।

भिडियो निर्देशन पनि तारा गुरुङले नै गरेका छन्, सम्पादन सुजन शाही, नृत्य निर्देशन दीप गुरुङ (कुमार) र छायांकन शम्भू चालिसेले गरेका छन् ।

नेपाली गीत, संगीत क्षेत्रमा लामो समयदेखि लागिहरेका गायक तारा र गायिका अनुको गत फागुन अन्तिम साता मात्रै ‘रहरभन्दा ठूलो के छ र’ कौरा सार्वजनिक भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!